Like us!
Follow us!
Connect us!
Watch us!

नेप्सेमा ९.६२ अंकको गिरावट, कारोबार रकम ७ अर्ब ६३ करोड

अर्थ संसार

सोमबार, २२ बैशाख २०८२, १५ : १७ मा प्रकाशित

नेप्सेमा ९.६२ अंकको गिरावट, कारोबार रकम ७ अर्ब ६३ करोड

सेयर बजार लगातार पाँचौ दिन पनि घटेर बन्द भएको छ ।

आज नेप्से ९.६२ अकंले घटेर २६१०.७६ बिन्दुुमा कायम भएको छ । आज ३१९ कम्पनीको १ करोड ८४ लाख ३७ हजार कित्ता सेयर किनबेच हुँदा ७ अर्ब ६३ करोड ४१ लाख रुपैयाँको कारोबार भएको छ ।

यसदिन १० उपसूचक राताम्य भएका छन् भने तीन उपसूचकमा सुधार देखिएको छ । आज ८६ कम्पनीको सेयर मूल्य बढ्दा १५९ कम्पनीको घटेको हो ।

आज सबैभन्दा धेरै राधि विद्युत कम्पनीको सेयर कारोबार भएको छ । आज यस कम्पनीको ७६ करोड ५ लाख रुपैयाँको सेयर कारोबार भएको छ ।

आज सबैभन्दा धेरै नेपाल माइक्रो इन्स्योरेन्स कम्पनी र ओम मेगा श्रीका लगानीकर्ताले कमाएका छन् । आज यी २ कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका छन् । 

आज सबैभन्दा धेरै हिमालयन पावर पार्टनरका लगानीकर्ताले गुमाएका छन् । आज यसका लगानकिर्ताले ९.९९ प्रतिशतका दरले गुमाएका हुन् ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको