Like us!
Follow us!
Connect us!
Watch us!

चार कम्पनीले आइपीओ निष्कासन गर्दै, धितोपत्र बोर्डसँग मागे अनुमति

अर्थ संसार

शुक्रबार, ०५ बैशाख २०८२, १० : ४१ मा प्रकाशित

चार कम्पनीले आइपीओ निष्कासन गर्दै, धितोपत्र बोर्डसँग मागे अनुमति

दुई होटलसहित चार कम्पनीले आइपीओ निष्कासनको अनुमति माग्दै नेपाल धितोपत्र बोर्डमा निवेदन दिएका छन् ।

होटल समूहका वरनावास म्युजियम होटल र माउन्टेन ग्लोरी र अन्य समूहको प्रभु हेलिकोप्टर र हाइड्रोपावर समूहको म्याग्दी हाइड्रापावरले बोर्डमा निवेदन दिएका हुन् । ।

वरनावास म्युजियम होटलले ३९ करोड ६० लाख रुपैयाँबराबरको आइपीओ ल्याउने धितोपत्र बोर्डसँग अनुमति मागेको छ। धितोपत्र बोर्डको अनुमतिपछि यो होटलले १०० रुपैयाँ अंकित दरका कुल ३९ लाख ६० हजार कित्ता आइपीओ ल्याउनेछ। यो होटलको आइपीओ बिक्री प्रबन्धकमा हिमालयन क्यापिटल रहेको छ।

यसैगरी धितोपत्र बोर्डको अनुमतिपछि माउन्टेन ग्लोरीले ४० करोड रुपैयाँबराबरको आइपीओ ल्याउनेछ। यो होटलले १०० रुपैयाँ अंकित दरका कुल ४० लाख कित्ता आइपीओ बिक्री खुला गर्नेछ। होटलको आइपीओ बिक्री प्रबन्धकमा लक्ष्मी सनराइज क्यापिटल रहेको छ।

धितोपत्र बोर्डले अनुमति दिएमा प्रभु हेलिकोप्टरले ६१ करोड २५ लाख रुपैयाँबराबरको आइपीओ ल्याउनेछ। जसअनुसार कम्पनीले १०० रुपैयाँ अंकित दरका कुल ६१ लाख २५ हजार कित्ता आइपीओ बिक्री खुला गर्नेछ। प्रभु हेलिकोप्टरको आइपीओ बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिलट रहेको छ। त्यस्तै म्याग्दी हाइड्रोपावरले ४७ करोड ४५ लाख रुपैयाँबराबरको आइपीओ ल्याउन धितोपत्र बोर्डसँग अनुमति मागेको छ। धितोपत्र बोर्डले अनुमति दिएमा यो कम्पनीले १०० रुपैयाँ अंकित दरका कुल ४७ लाख ४५ हजार कित्ता आइपीओ बिक्री खुला गर्नेछ। यो कम्पनीको आइपीओ बिक्री प्रबन्धकमा एनएमबि क्यापिटल रहेको छ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको