Like us!
Follow us!
Connect us!
Watch us!

बढ्यो सेयर बजार, ७ अर्ब २६ करोड माथिको कारोबार

अर्थ संसार

बुधबार, ०३ बैशाख २०८२, १५ : १६ मा प्रकाशित

बढ्यो सेयर बजार, ७ अर्ब २६ करोड माथिको कारोबार

नेप्से आज ९.७५ अंकले बढेर २,६९८ को विन्दुमा कायम भएको छ  । आज ३२९ कम्पनीको १ करोड ६६ लाख कित्ताको कारोबार हुँदा ७ अर्ब २६ करोडको सेयर कारोबार भएको छ।

आज सबैभन्दा धेरै ङादी ग्रुप पावर कम्पनीको सेयर कारोबार भएको छ । आज यस कम्पनीको ५९ करोड ४१ लाख रुपैयाँको सेयर कारोबार भएको छ । 

आज सबैभन्दा धेरै कर्पोरेट डेभलपमेन्ट बैंक र बलेफी हाइड्रोपावरका लगानीकर्ताले कमाएका छन् । आज यी दुई कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका हुन् । नेपाल माइक्रो इन्स्योरेन्स, राधि विद्युत कम्पनी र क्रेष्ट माइक्रो लाइफका लगानीकर्ताले ९.९९ प्रतिशतका दरले कमाएका छन् ।

आज सबैभन्दा धेरै गुराँस लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले गुमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले ६.८१ प्रतिशतका दरले गुमाएका हुन् ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको