Like us!
Follow us!
Connect us!
Watch us!

सेबोन, नेप्से र सिडिएससीबीच पुँजी बजार सुधारका लागि छलफल

अर्थ संसार

विहीबार, ०४ बैशाख २०८२, ०७ : ३३ मा प्रकाशित

सेबोन, नेप्से र सिडिएससीबीच पुँजी बजार सुधारका लागि छलफल

 नेपाल धितोपत्र बोर्ड (सेबोन)मा बुधबार सेयर बजारका तीन नियामक निकायका प्रमुखहरुबीच समन्वयात्मक छलफल भएको छ।

नेपालको पुँजी बजारलाई थप व्यवस्थित, पारदर्शी र प्रविधिमैत्री बनाउने उद्देश्यले नेपाल धितोपत्र बोर्ड (सेबोन), नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से) र सिडिएस एण्ड क्लियरिङ लिमिटेड (सिडिएससी) बिच समन्वयात्मक छलफल भएको हो ।

बुधबार ललितपुरको खुमलटारस्थित बोर्डको केन्द्रीय कार्यालयमा सम्पन्न उक्त छलफलमा सेबोनका अध्यक्ष सन्तोष नारायण श्रेष्ठ, नेप्सेका प्रमुख कार्यकारी अधिकृत चुडामणि चापागाई र सिडिएससीका प्रबन्ध सञ्चालक प्रविन पन्दाक सहभागी थिए। बैठकमा समग्र पुँजी बजारको सुधार, बजारसँग सम्बन्धित प्रणालीहरूको प्रविधि अभिवृद्धि, बजार परिचालनमा देखिएको समन्वय अभावको समाधान तथा नियमन, सूचीकृत कम्पनीको सुपरीवेक्षण र लगानीकर्ताको हित जस्ता विषयमा गहन छलफल भएको जनाइएको छ।

बोर्डका नियमन विभाग प्रमुख मुक्तिनाथ श्रेष्ठ र सुपरीवेक्षण विभाग प्रमुख रूपेश के.सी समेत सहभागी उक्त छलफलमा तीनै निकायबीच आगामी दिनमा नियमित रूपमा यस्ता समन्वयात्मक बैठक आयोजना गर्ने सहमति भएको छ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको