आज नयाँ वर्ष २०८२ को प्रारम्भसँगै सेयर बजारमा सुधार देखिएको छ । नयाँ वर्षको पहिलो कारोबारका दिन आज सेयर बजार बढेर बन्द भएको छ । नयाँ वर्षलाई बजारले हरियो कार्पेट ओछाएर स्वागत गरेको छ ।
आज नेप्से २७.१४ अकंले बढेर २६८९ बिन्दुमा कायम भएको छ । आज ३२० कम्पनीको २ करोड १८ लाख ४१ हजार कित्ता सेयर किनबेच हुँदा ८ अर्ब ५४ करोडको सेयर कारोबार भएको छ ।
यसदिन १२ उपसूचकमा हरियाली आएको छ । आज व्यापार समूहको सेयर मूल्यमा मात्रै ओरालो लागेको छ । आज २१२ कम्पनीको सेयर मूल्य बढ्दा ३४ कम्पनीको घटेको छ ।
आज सबैभन्दा धेरै बलेफी हाइड्रोपावर कम्पनीको सेयर कारोबार भएको छ । आज यस कम्पनीको २ अर्ब १ करोडको सेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै बलेफी हाइड्रोपावरका लगानीकर्ताले गुमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले ९.९९ प्रतिशतका दरले गुमाएका हुन् ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस