नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' शौचालयमा चिप्लिएर लडेर सामान्य रूपमा घाइते भएका छन्। उनी सुत्नुअघि शौचालय जाँदै गर्दा चिप्लिएका हुन्।
घटनापछि राति नै अस्पतालमा स्वास्थ्य परीक्षण गराइएको थियो। प्रारम्भिक परीक्षणमा कुनै गम्भीर समस्या नदेखिएपछि उनी फेरि नियमित कार्यमा फर्किएका छन्। अहिले उनको अवस्था सामान्य रहेको जनाइएको छ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस