सूर्याेदय वोमी लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ। प्रकाशित विवरणअनुसार कम्पनीको नाफामा सुधार देखिएको छ।
चालू आर्थिक वर्ष (आव) को तीन महीनाको अवधिमै कम्पनी ६ करोड २४ लाख रुपैयाँ खुद नाफा कमाउन सफल भएको छ। गत आवको तीन महीनाको अवधिमा ४ करोड ७१ लाख रुपैयाँ खुद घाटा
ब्योहोरेको थियो ।
गत आवको असोज मसान्तसम्म ८ करोड ७० लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको कम्पनीले चालू आवको असोज मसान्तसम्म १३८.३७ प्रतिशतको छलाङ मार्दै २० करोड ७५ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ। यो अवधिमा अवधिमा कम्पनीको कुल सञ्चालन आम्दानी पनि ११ करोड ५० लाख रुपैयाँबाट १०७.४४ प्रतिशतको उच्च वृद्धि सहित २३ करोड ८६ लाख रुपैयाँ पुगेको छ भने गत आवमा ४ करोड ७१ लाख रुपैयाँ सञ्चालन घाटा बेहोरेकोमा यस वर्ष ८ करोड ९२ लाख रुपैयाँ सञ्चालन नाफा कमाएको छ।
कम्पनीको प्रतिसेयर आम्दानी पनि गत वर्षको तीन महीनामा १८.०८ रुपैयाँ ऋणात्मक रहेकोमा चालू आवको सोही अवधिमा २२.५८ रुपैयाँ धनात्मक रहेको छ। खराब कर्जा ६.३० प्रतिशतबाट घटेर ५.६४ प्रतिशतमा झरेको छ भने प्रतिसेयर नेटवर्थ १५०.९२ रुपैयाँ रहेको छ।
चुक्ता पूँजी १ अर्ब १० करोड ६२ लाख रुपैयाँ रहेको कम्पनीको जगेडा कोषमा १५ करोड ८७ लाख रुपैयाँ र रिजर्भ कोषमा ४० करोड ४४ लाख रुपैयाँ सञ्चिति रहेको छ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस