Like us!
Follow us!
Connect us!
Watch us!

रसुवाको बाढीले अटोमोबाइल आयात प्रभावित, नाडाको संयमता अपनाउन आग्रह

अर्थ संसार

मंगलबार, २४ असार २०८२, १७ : २१ मा प्रकाशित

रसुवाको बाढीले अटोमोबाइल आयात प्रभावित, नाडाको संयमता अपनाउन आग्रह

नाडा अटोमोबाइल्स एशोसिएशन अफ नेपालले हालै रसुवा जिल्लामा आएको बाढी तथा पहिरोका कारण सिर्जित गम्भीर परिस्थितिमा संयमित रहन सबैलाई आग्रह गरेको छ।

नाडाका अनुसार यस प्राकृतिक विपत्तिले केवल मानवीय जनजीवनमा मात्र होइन, मुलुकको प्रमुख व्यापारिक नाका केरुङ–रसुवागढी हुँदै हुने अटोमोबाइल आयात प्रक्रियामा समेत गम्भीर असर पारेको छ। विशेषगरी भन्सार परिसरमा निर्माणाधीन सुख्खा बन्दरगाह र पार्किङमा रहेका कन्टेनरहरू बगाउँदा उद्यमीहरू ठूलो क्षतीमा परेका छन्।

यस कठिन समयमा नाडाले सबै उद्यमी र सदस्यहरूलाई धैर्य र संयमता अपनाउन अनुरोध गर्दै, अटोमोबाइल क्षेत्रका सम्पूर्ण सदस्यहरूसँग सधैं एकजुट भएर साथ दिने प्रतिबद्धता दोहोर्‍याएको छ।

 

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको