नाडा अटोमोबाइल्स एशोसियसन अफ नेपाल (नाडा)को अध्यक्षमा सुरेन्द्रकुमार उप्रेती निर्विरोध निर्वाचित भएका छन् । नाडाको पुस २५ गते हुने निर्वाचनका लागि उम्मेदवारी दिने अन्तिम समयसम्म उप्रेतीको मात्रै उम्मेदवारी परेपछि उनी नाडा अध्यक्षमा निर्विरोध निर्वाचित भएका हुन् ।
उक्त निर्वाचनका लागि आगामी पुस २५ गते निर्धारित गरिएको भए पनि उम्मेदवारी दर्ताको समय बिहीबार मध्याह्न १२ बजेसम्म तोकिएको थियो। सो समयसीमाभित्र अध्यक्ष पदका लागि उप्रेती मात्र उम्मेदवारी दिएका कारण उनी स्वतः निर्विरोध चुनिएका हुन्। उप्रेती लामो समयदेखि नाडाको विभिन्न जिम्मेवारीमा रहेर अटोमोबाइल क्षेत्रको विकासमा सक्रिय रहँदै आएका छन्।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस