Like us!
Follow us!
Connect us!
Watch us!

व्यवसायमैत्री बजेट आयो, वर्षौदेखिको माग समेटियो - नाडा

अर्थ संसार

शनिबार, १७ जेठ २०८२, २० : ३७ मा प्रकाशित

व्यवसायमैत्री बजेट आयो, वर्षौदेखिको माग समेटियो - नाडा

नेपाल सरकारले आगामी आर्थिक वर्ष २०८२/०८३ का लागि प्रस्तुत गरेको बजेटप्रति नाडा अटोमोवाइल्स एशोसिएशन अफ नेपालले सकारात्मक प्रतिक्रिया दिएको छ। व्यवसायको माग र आवश्यकतालाई सम्बोधन गर्ने गरी बजेट आएको भन्दै नाडाले सरकारप्रति आभार व्यक्त गरेको हो।

नाडाले अटोमोवाइल व्यवसायलाई गतिशील बनाउन विगतका विभिन्न मितिमा सरकारका सम्बन्धित मन्त्रालय तथा विभागहरूमा नीतिगत सुझाव तथा सल्लाहहरू प्रस्तुत गर्दै आएको थियो। यद्यपि प्रस्तुत सबै सुझाव समावेश नभए पनि यसपटकको बजेट व्यवसायमैत्री रहेको नाडाको भनाइ छ।

संघले बर्षौंदेखि उठाउँदै आएको मागहरूलाई सम्बोधन गर्दै बजेटले अटोमोवाइल क्षेत्रलाई नयाँ ऊर्जा प्रदान गर्ने विश्वास व्यक्त गरेको छ। यसले उद्यमी तथा व्यवसायीहरूलाई थप प्रोत्साहन दिने र समग्र अर्थतन्त्रमा सकारात्मक प्रभाव पार्ने अपेक्षा नाडाले गरेको छ।

आगामी मौद्रिक नीति पनि यस्तै व्यवसाय प्रवर्द्धन गर्ने खालको आउने विश्वास व्यक्त गर्दै नाडाले बजेटमार्फत आफ्नो आवाजलाई सम्बोधन गरिदिएकोमा नेपाल सरकारप्रति हार्दिक आभार तथा धन्यवाद व्यक्त गरेको छ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Prabhu Bank

ताजा समाचार

छुटाउनुभयो कि?

Whatsapp Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको