Like us!
Follow us!
Connect us!
Watch us!

प्रधानमन्त्री ओलीबाट नाडा अटो शो २०२५ को उद्घाटन हुने

अर्थ संसार

सोमबार, २६ साउन २०८२, २१ : ४९ मा प्रकाशित

प्रधानमन्त्री ओलीबाट नाडा अटो शो २०२५ को उद्घाटन हुने

नाडाका अध्यक्ष करण चौधरीको नेतृत्वमा गएको एक प्रतिनिधी मण्डलले सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटगरी २०८२ भाद्र ३ गते देखि ८ गतेसम्म काठमाडौंको भृकुटीमण्डप परिसरमा आयोजना हुने १७ औं संस्करणको नाडा अटो शो २०२५ को प्रमुख अतिथिको रुपमा उद्घाटन गरी औपचारिक रुपमा आग्रह गरेको छ ।

उक्त भेटघाटमा अध्यक्ष चौधरीले नाडा स्थापनाको ५० औं वार्षिक उत्सव मनाउने क्रममा रहेको र नाडाले १७ औं संस्करणको नाडा अटो शो २०२५ आयोजना गर्न लागेको जानकारी दिनु भयो । यसैक्रममा अध्यक्ष चौधरीले यस वर्षको अटो शोमा १२५ भन्दा बढी प्रदर्शक, ३० भन्दा बढी सवारी साधनका ब्रान्डहरू, इलेक्ट्रिक, हाइब्रिड र स्मार्ट मोबिलिटी समाधानहरू, विन्टेज मोटर शो, पहिलोपटक नेपालमा प्रदर्शन हुँदै गरेका रोबोट्स् जस्ता आकर्षक र भविष्य उन्मुख प्रविधिहरू प्रदर्शनीको केन्द्रविन्दु हुने जानकारी दिनु भयो ।

सो भेटघाटमा नाडा प्रतिनिधि मण्डलको सो आग्रहलाई सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओलीले सहर्ष स्वीकार गर्नु भएको छ । यसबाट अटोमोवाइल व्यवसायीहरुले थप हौसला र प्रेरणा मिलेको महशुस गरेका छन् ।

उक्त भेटभाटमा नाडाका उपाध्यक्ष राजनबाबु श्रेष्ठ, महासचिव सुरेन्द्रकुमार उपे्रती, सचिव बिक्रम सिंहानिया, कोषाध्यक्ष मिलनबाबु मल्ल, सहकोषाध्यक्ष पंकज अग्रवाल तथा केन्द्रीय कार्य समिति सदस्य मेघराज पौडेल समेतको उपस्थिति रहेको थियो ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको