Like us!
Follow us!
Connect us!
Watch us!

व्यवसायीले भोग्नुपरेका समस्याको समाधान गर्न सरकार प्रतिबद्ध छ - अर्थमन्त्री पौडेल

अर्थ संसार

आइतबार, २८ बैशाख २०८२, १३ : ०० मा प्रकाशित

व्यवसायीले भोग्नुपरेका समस्याको समाधान गर्न सरकार प्रतिबद्ध छ  - अर्थमन्त्री पौडेल

उपप्रधान एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले उद्योगी व्यवसायीले भोग्नुपरेका समस्याहरूको समाधान गर्न सरकार प्रतिबद्ध रहेको बताएका छन्।  

नेपाल उद्योग वाणिज्य महासंघले आइतबार काठमाडौंमा आयोजना गरेको पूर्वबजेट छलफल कार्यक्रममा पौडेलले उद्योगी व्यवसायीले भोग्नुपरेका समस्याका बारेमा सरकार जानकार रहेको भन्दै निजी क्षेत्रसँग सहकार्य गरेर समाधान गर्न प्रतिबद्धता रहेको बताएका हुन्।

उनले सरकार बनेलगतै अर्थतन्त्रमा देखिएका शिथिलतालाई अन्त्य गन ध्यान केन्द्रित गरेको र त्यसका लागि आवश्यक कानुन समेत निर्माण गरिएको जानकारी दिए।

कानुन संशोधनको प्रक्रियाका साथै निजी क्षेत्रका अन्य समस्या समाधान गर्न सरकारले उच्चस्तरीय आर्थिक सुधार सुझाव आयोग गठन गरेको भन्दै पौडेलले अहिले आयोगको सुझावका आधारमा सरकार अघि बढिरहेको बताए। आयोगको सुझावहरूलाई क्रमशः कार्यान्वयन गर्न सरकार प्रतिबद्ध रहेको उनको भनाइ छ । उनले बजेटका साथै अन्य कानुनी संरचना निर्माण गरेर भएपनि अर्थतन्त्रमा देखिएका समस्या समाधान गर्ने बताए।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको