Like us!
Follow us!
Connect us!
Watch us!

कमजोर प्रणालीले विद्युत् आपूर्तिमा समस्या देखिएको हो, अब लोडसेडिङ हुँदैन - हितेन्द्र देव शाक्य

अर्थ संसार

शुक्रबार, ०२ जेठ २०८२, १५ : ३२ मा प्रकाशित

कमजोर प्रणालीले विद्युत् आपूर्तिमा समस्या देखिएको हो, अब लोडसेडिङ हुँदैन  - हितेन्द्र देव शाक्य

नेपाल विद्युत् प्राधिकरणका प्रबन्ध निर्देशक हितेन्द्र देव शाक्यले अब नेपालमा लोडसेडिङ नहुने बताएका छन्। शुक्रबार आयोजित पत्रकार सम्मेलनमा उनले स्पष्ट पारे, 'हिजो ढल्केवर मुजफरपुर क्षेत्रमा ठूलो रुखको हाँगाले विद्युत् आपूर्तिमा समस्या ल्याएको थियो, तर करिब २ घण्टापछि सो समस्या समाधान भएको छ।'

उनले मौसमजन्य गतिविधि र प्राविधिक समस्याका कारण उत्पन्न भएको विद्युत् संकटलाई लिएर सामाजिक सञ्जालमा फैलाइएको भनाइको खण्डन गर्दै भने, 'अब नेपालमा लोडसेडिङ सुरु हुने दिन आउँदैन।'

शाक्यले यस्ता समस्याहरू भविष्यमा कम गर्नका लागि विद्युत् उत्पादनसँगै प्रसारण नेटवर्कको विकास पनि तीव्र गतिमा अघि बढाउनुपर्ने बताए।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको