Like us!
Follow us!
Connect us!
Watch us!

एशियन लाइफको नयाँ बोनसदर घोषणा, कुन योजनामा कति पाइन्छ ?

अर्थ संसार

आइतबार, ०४ जेठ २०८२, ११ : ३६ मा प्रकाशित

एशियन लाइफको नयाँ बोनसदर घोषणा, कुन योजनामा कति पाइन्छ ?

एशियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आर्थिक वर्ष २०७९/८० को वित्तीय अवस्था र दायित्व मूल्याङ्कन सम्बन्धी बीमाङ्कीय प्रतिवेदन नेपाल बीमा प्राधिकरणबाट जेठ २ गते स्वीकृत भएपछि नयाँ बोनसदर सार्वजनिक गरेको छ।

कम्पनीले बीमालेखको प्रकार र बीमा अवधि अनुसार फरक–फरक बोनसदर घोषणा गरेको छ।

सावधिक तथा आजीवन बीमालेखमा न्यूनतम प्रति हजार ६१ रुपैयाँ देखि अधिकतम ७५ रुपैयाँ सम्म बोनस प्रदान गरिनेछ।

त्यस्तै, अन्य सावधिक जीवन बीमालेखमा ४५ रुपैयाँदेखि ६२ रुपैयाँसम्म, बालबालिकाको सावधिक जीवन बीमालेखमा ४२ रुपैयाँदेखि ५२ रुपैयाँसम्म बोनसदर कायम गरिएको छ। सामूहिक सावधिक, नवरत्न, जीवन संजीवनी, दम्पत्ति सुरक्षा प्लस, एशियन वार्षिक धनलाभ, भविष्य निधि बीमालेखहरूमा ४४ रुपैयाँदेखि ५५ रुपैयाँसम्म बोनस दिइनेछ।

अग्रिम भुक्तानी सावधिक जीवन बीमालेखमा ५० रुपैयाँदेखि ७० रुपैयाँ, र बाल उच्च शिक्षा बीमालेखमा ४२ रुपैयाँदेखि ५० रुपैयाँसम्मको बोनसदर तोकिएको छ। एशियन सावधिक प्लस, १५ वर्षे अग्रिम भुक्तानी सावधिक प्लस, सुखी जीवन प्लस, वार्षिक भुक्तानी रिभर्सनरी बीमालेखमा ३८ रुपैयाँदेखि ५६ रुपैयाँसम्म बोनस दिइनेछ भने टर्मिनल बोनस सबै बीमा अवधिका लागि समान रूपमा ६ रुपैयाँ प्रति हजार कायम गरिएको छ।

कम्पनीले सार्वजनिक गरेको बोनसदर मृत्यु दाबी, आंशिक वा पूर्ण अवधिपछि हुने भुक्तानी, समर्पण मूल्य, चुक्ता मूल्य दाबी तथा हाल कायम रहेका बीमालेखहरूमा लागू हुने जनाएको छ। साथै, नयाँ बोनसदर घोषणा नभएसम्म यही दर लागू हुने स्पष्ट गरिएको छ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको