Like us!
Follow us!
Connect us!
Watch us!

हकप्रद निष्कासनका लागि एशियन लाइफको 'बुक क्लोज' कहिले ?

अर्थ संसार

बुधबार, ०७ जेठ २०८२, ११ : २६ मा प्रकाशित

हकप्रद निष्कासनका लागि एशियन लाइफको  'बुक क्लोज' कहिले ?

 एशियन लाइफ इन्स्योरेन्स कम्पनीले हकप्रद सेयर निष्कासनका लागि बुक क्लोजको मिति तय गरेको छ। 

कम्पनीले ४२ प्रतिशत हकप्रद सेयर निष्कासनका लागि जेठ १६ गते १ दिन बुक क्लोज गर्ने भएको  हो ।

बुक क्लोजको मिति तोकेसँगै जेठ १४ गतेसम्म कायम (१५ गते सार्वजनिक बिदा रहेकाले) सेयरधनीहरूले मात्रै कम्पनीको हकप्रद सेयरमा आवेदन दिन सक्नेछन्। कम्पनीले प्रतिकित्ता अंकित मूल्य १०० रूपैयाँका दरले १ लाख ४२ हजार ७९ लाख ३१२.४८ कित्ता हकप्रद सेयर १ः०.४२ को अनुपातमा निष्कासन गर्न नेपाल धितोपत्र बोर्डबाट अनुमति पाइसकेको छ। 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको