एशियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले सेयरधनीहरूलाई लाभांश वितरण गर्ने घोषणा गरेको छ।
कम्पनीको जेठ २५ गते आइतबार बसेको सञ्चालक समतिको बैठकले सेयरधनीलाई ३ अर्ब ३९ करोड ९८ लाख ३६ हजार ३०७ रुपैयाँको कुल ५.३६८४ प्रतिशतले हुन आउने १८ करोड २५ लाख १७ हजार ५२८ रुपैयाँबराबरको लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो। जसमा ५.१० प्रतिशतले हुन आउने १७ करोड ३३ लाख ९१ हजार ६५२ रुपैयाँबराबरको बोनस सेयर र कर प्रयोजनार्थ ०.२६८४ प्रतिशतले हुन आउने ९१ लाख २५ हजार ८७६ रुपैयाँबराबरको नगद लाभांश छन्।
घोषित लाभांश नेपाल बीमा प्राधिकरणको स्वीकृतिपछि आगामी वार्षिक साधारणसभाबाट अनुमोदन गरी वितरण गरिने कम्पनीले जनाएको छ।कम्पनीका अनुसार वितरणयोग्य मुनाफाबाट लाभांश वितरणपछि बाँकी रहने रकम जगेडा कोषमा राखिनेछ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस