नेपाल टेलिकमले चालु आर्थिक वर्ष २०८१/८२ को तेस्रो त्रैमासिक (चैत्र मसान्तसम्म) को अधिक परीक्षण नगरिएको वित्तीय विवरण (Unaudited Financial Report) सार्वजनिक गरेको छ। सार्वजनिक विवरणअनुसार कम्पनीको खुद मुनाफा गत वर्षको तुलनामा झण्डै ४९ प्रतिशतले घटेको देखिएको छ।
टेलिकमले चालु त्रैमासिकसम्म रु २ अर्ब ८४ करोड २२ लाख खुद मुनाफा कमाएको छ। गत आवको सोही अवधिमा यो मुनाफा रु ५ अर्ब ५३ करोड ७५ लाख थियो। यो आधारमा रु २ अर्ब ६९ करोड ५२ लाख अर्थात् ४८.६७ प्रतिशतले मुनाफा घटेको हो।
त्यस्तै, कम्पनीको वार्षिक आधारमा प्रति सेयर आम्दानी (EPS) रु २१.०५ कायम भएको छ।
आयतर्फ पनि गिरावट
नेपाल टेलिकमको कुल सञ्चालन आय गत आवको सोही अवधिको रु २५ अर्ब ४८ करोड बाट घटेर रु २५ अर्ब ३१ करोड मा झरेको छ, जुन ०.६४ प्रतिशतले घटेको हो। कुल आयको कुरा गर्दा भने यस त्रैमासिकसम्म रु २८ अर्ब ४३ करोड मात्रै आम्दानी भएको छ, जुन अघिल्लो आवको तुलनामा ८.८९ प्रतिशतले कम हो।
EBITDA र करअघिको मुनाफा भने बढ्यो
यद्यपि कम्पनीको EBITDA (Earnings Before Interest, Taxes, Depreciation & Amortization) गत आवको रु १३ अर्ब ४० करोडबाट बढेर रु १४ अर्ब १९ करोड पुगेको छ। यसैगरी, करअघिको मुनाफा पनि १६.८२ प्रतिशतले वृद्धि भएर रु ८ अर्ब ६२ करोड पुगेको छ।
राजश्व र मुनाफा घट्नुका प्रमुख कारणहरू
नेपाल टेलिकमले राजश्व र मुनाफा घट्नुका पछाडि केही महत्वपूर्ण कारणहरू उल्लेख गरेको छ:
OTT सेवाको बढ्दो प्रयोग (जस्तै Viber, WhatsApp, Messenger) का कारण अन्तर्राष्ट्रिय कल घट्दा अन्तरआवद्धता आम्दानीमा करिब रु ५३ करोड को गिरावट आएको।
Voice र SMS सेवा मा OTT सेवाको प्रत्यक्ष असर।
GSM अनुमति नवीकरणमा गत वर्ष रु २० अर्ब एकमुष्ठ भुक्तानी गर्नु परेपछि लगानी घट्दा ब्याज आम्दानी करिब रु २ अर्ब ३८ करोडले घटेको।
निवृत्तिभरण व्यवस्थाका लागि चालु आवसम्म रु १३ अर्ब १५ करोड छुट्टयाइएको।
प्रतिस्पर्धी ISP ले Wi-Fi Mobility सेवा दिँदा Mobile data प्रयोग घटेको।
संचार सेवा विकट क्षेत्रमा विस्तार गर्दा लागत बढेको।
नियामक निकायका निर्णय अनुसार सेवाको दररेट घट्दा आम्दानीमा असर परेको।
पेन्सन योजना व्यवस्थापन र Defined Benefit Assets मा छुट्याइएको रकमका कारण स्थगन करको असर परेको।
विगतमा Contingent Liability मा देखिएका मुद्दाहरू हाल छिनोफानो हुँदा थप आर्थिक भार सिर्जना भएको।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस