Like us!
Follow us!
Connect us!
Watch us!

बोनस सेयरको कर तिर्न हिमालयन लाइफको आग्रह

अर्थ संसार

सोमबार, ०५ जेठ २०८२, ११ : २२ मा प्रकाशित

बोनस सेयरको कर तिर्न हिमालयन लाइफको आग्रह

हिमालयन लाइफ इन्स्योरेन्स लिमिटेडले सेयरधनीहरूलाई बोनस सेयरबापतको कर तिर्न आग्रह गरेको छ।

कम्पनीको गत फागुन ११ गते सम्पन्न १७ औं वार्षिक साधारण सभाले पारित गरेको १४ प्रतिशत बोनस सेयर सम्बन्धमा कर तिर्नुपर्ने कम्पनीले जानकारी दिएको हो। माघ २४ गतेसम्म कायम रहेका सेयरधनीहरूले बोनस सेयर प्राप्त गरेका छन्। तर, कम्पनीका अनुसार कर तिरेपछि मात्र बोनस सेयर सम्बन्धित सेयरधनीको डिम्याट खातामा पठाइनेछ।

त्यस्तै, माघ २४ गतेसम्म सेयर धितो राखी ऋण लिएका सेयरधनीहरूले बोनस सेयर प्राप्त गर्नका लागि कर तिर्नुका साथै ऋण लिएको बैंक वा वित्तीय संस्थाबाट एनओसी वा फकुवा पत्र पेश गर्नुपर्नेछ। कम्पनीका अनुसार, उक्त बोनस सेयर नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचीकृत भई कारोबारमा आइसकेको छ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Whatsapp Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको