Like us!
Follow us!
Connect us!
Watch us!

हिमालयन लाइफका मनोज कुमार लाल कर्णले दिए राजीनामा

अर्थ संसार

सोमबार, २७ असोज २०८२, १६ : ५० मा प्रकाशित

हिमालयन लाइफका मनोज कुमार लाल कर्णले दिए राजीनामा

हिमालयन लाइफ इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सिईओ) मनोज कुमारलाल कर्णले राजीनामा दिएका छन्। उनले बीमा अभिकर्ताहरूका अनुचित मागहरू पूरा गर्नुको सट्टा पदबाट अलग हुने निर्णय गरेको बताएका छन्।

केही समयदेखि हिमालयन लाइफमा बीमा अभिकर्ताहरूले बोनसदर न्यूनतम ५० रुपैयाँ वा सोभन्दा बढी हुनुपर्ने माग राख्दै आन्दोलन गर्दै आएका थिए। उनीहरूले सोमबारदेखि सिईओ कर्णको राजीनामा माग गर्दै कम्पनीका कार्यालयहरूमा धर्ना दिइरहेका थिए। सोमबार उनीहरुले सिईओसहित अन्य कर्मचारीहरूलाई कार्यालय प्रवेशमा समेत रोक लगाएका थिए। कार्यालयमा काम गर्न असहज भएपछि कर्णले आज राजीनामा दिएका हुन्।

हिमालयन लाइफ इन्स्योरेन्स युनियन लाइफ, प्राइम लाइफ र गुराँस लाइफको मर्जरबाट बनेको हो। कर्ण यसअघि युनियन लाइफ इन्स्योरेन्समा सिईओको भूमिका निभाउँदै आएका थिए। मर्जर प्रक्रियामा उनले महत्वपूर्ण भूमिका खेलेका थिए । आर्थिक रूपमा कमजोर अवस्थामा रहेको गुराँस लाइफलाई समेटेर कम्पनीलाई मजबुत बनाउने कार्यमा उनको योगदान उल्लेखनीय मानिन्छ।

बोनसदर बीमा कम्पनीको वित्तीय अवस्था, लगानीबाट प्राप्त प्रतिफल तथा बीमाङ्कीय मूल्याङ्कनको आधारमा तय गरिन्छ। 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Whatsapp

ताजा समाचार

छुटाउनुभयो कि?

Viber

सम्बन्धित खबर

धेरै पढिएको