Like us!
Follow us!
Connect us!
Watch us!

हिमालयन लाइफले लाभांश नदिने

अर्थ संसार

सोमबार, २८ पुस २०८२, ११ : १० मा प्रकाशित

हिमालयन लाइफले लाभांश नदिने

हिमालयन लाइफ इन्स्योरेन्स लिमिटेडको पुस २५ गते बसेको सञ्चालक समितिको बैठकले सेयरधनीहरूलाई लाभांश नदिने निर्णय गरेको छ। काठमाडौंको हात्तिसारमा दिउँसो साढे ३ बजे सम्पन्न उक्त बैठकले गत आर्थिक वर्षको संचित मुनाफाबाट लाभांश वितरण नगर्ने निर्णय गरेको हो।

साथै बैठकले सोही बमोजिम वित्तीय विवरण स्वीकृतिका लागि नेपाल बीमा प्राधिकरण समक्ष पेश गर्ने निर्णय पनि गरेको कम्पनी सचिव ईश्वर कुमार सेडाईले जानकारी दिएका छन्।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Whatsapp Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको