Like us!
Follow us!
Connect us!
Watch us!

धितोपत्र बोर्डमा 'घरेलु सेटिङ'? —नियमावली संशोधनले मर्चेन्ट बैंकरलाई मात्र फाइदा, लगानीकर्ता जोखिममा

अर्थ संसार

विहीबार, ०८ जेठ २०८२, १३ : २५ मा प्रकाशित

धितोपत्र बोर्डमा 'घरेलु सेटिङ'? —नियमावली संशोधनले मर्चेन्ट बैंकरलाई मात्र फाइदा, लगानीकर्ता जोखिममा

नेपाल धितोपत्र बोर्डले केही मर्चेन्ट बैंकर घरानालाई फाइदा पुग्ने गरी नियमावली संशोधन गरेको आरोपसहित संसदको सार्वजनिक लेखा समितिमा उजुरी परेको छ। उजुरीले बोर्ड अध्यक्ष र सञ्चालक समितिमाथि लेखा समितिको निर्देशन उल्लंघन गर्दै लाखौं लगानीकर्ताको अहित गर्ने निर्णय गरेको दाबी गरेको छ। जेठ १ गते दर्ता भएको उजुरीमा मर्चेन्ट बैंकर नियमावली २०६४ को अनुसूची परिवर्तन गरि विशेष समूहलाई व्यापार सुनिश्चित गर्ने नियोजित चाल चलिएको आरोप लगाइएको छ। यसअघि पनि बोर्ड अध्यक्षमाथि जलविद्युत कम्पनीहरूको आईपीओ पास गराउन ७% कमिसन मागेको आरोप लागेको थियो। इपानले सार्वजनिक रूपमा आरोप लगाएपछि अख्तियारले बैशाख २४ मा बोर्ड कार्यालयमै छापा मारेको थियो।

682ed6f11055b.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको