Like us!
Follow us!
Connect us!
Watch us!

दोर्दी खोला जलविद्युतको सेयर लिलाम बिक्री आज देखि

अर्थ संसार

आइतबार, ११ जेठ २०८२, ०७ : ०६ मा प्रकाशित

दोर्दी खोला जलविद्युतको सेयर लिलाम बिक्री आज देखि

दोर्दी खोला जलविद्युत कम्पनी लिमिटेडले आजदेखि आफ्नो अबितरित हकप्रद सेयर लिलामी प्रक्रिया सुरु गरेको छ। कम्पनीले कुल १९ लाख ४६ हजार ६७६ कित्ता हकप्रद सेयर लिलामीमार्फत बिक्री गर्न लागेको हो।

कम्पनीले संस्थापक समूहतर्फ १२ लाख ८५ हजार ४१ कित्ता, लकइन अवधि नरहेको सर्वसाधारण समूहतर्फ ४ लाख ९५ हजार ६७९ कित्ता, र लकइन अवधिमा रहेको सर्वसाधारण समूहतर्फ १ लाख ६५ हजार ९५६ कित्ता सेयर लिलामीमा राखेको छ।

लिलामी सेयरको न्यूनतम मूल्य १०० रुपैयाँ तोकिएको छ। इच्छुक लगानीकर्ताहरूले जेठ १९ गतेसम्म बोलपत्र पेश गर्न सक्नेछन्। बोलपत्रमा खरिद गर्न चाहेको सेयरको संख्या र प्रति कित्ता तोकिएको मूल्य स्पष्ट रूपमा उल्लेख गर्नुपर्नेछ।

बोलपत्र सानिमा क्यापिटल लिमिटेडको कार्यालय नक्सालमा वा सानिमा बैंकका विभिन्न शाखाहरू—बिराटनगर, बिर्तामोड, वीरगन्ज, जनकपुर, भरतपुर, हेटौंडा, पोखरा, बुटवल, घोराही, नेपालगन्ज, विरेन्द्रनगर, धनगढी, र महेन्द्रनगर—मा बुझाउन सकिनेछ। साथै, गरिमा विकास बैंकको बाग्लुङ शाखाबाट पनि बोलपत्र पेश गर्न सकिने व्यवस्था कम्पनीले गरेको छ।

लगानीकर्ताहरूले निर्धारित म्यादभित्र आवश्यक कागजातसहित बोलपत्र बुझाउन कम्पनीले अनुरोध गरेको छ।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको