Like us!
Follow us!
Connect us!
Watch us!

लाभांश घोषणा गरेका पाँच बीमा कम्पनीको बुक क्लोज मिति अझै बाँकी, तीनले मिति सार्वजनिक, दुईको पर्खाइ

अर्थ संसार

आइतबार, ११ जेठ २०८२, १२ : २६ मा प्रकाशित

लाभांश घोषणा गरेका पाँच बीमा कम्पनीको बुक क्लोज मिति अझै बाँकी, तीनले मिति सार्वजनिक, दुईको पर्खाइ

पाँच बीमा कम्पनीले लगानीकर्तालाई लाभांश घोषणा गरिसकेका छन् तर तीमध्ये चार जीवन बीमा र एक निर्जीवन बीमा कम्पनीको बुक क्लोज मिति अझै बाँकी रहेको छ।

यीमध्ये एनएलजी इन्स्योरेन्सको बुक क्लोज मिति जेठ २२ गते, रिलायबल नेपाल लाइफको जेठ २६ गतेप्रभु महालक्ष्मी लाइफको जेठ १६ गते तोकिएको छ। बुक क्लोज मितिभन्दा एक दिनअघिसम्म सेयर खरिद गरेका लगानीकर्ताले मात्र प्रस्तावित लाभांश र वार्षिक साधारण सभामा भाग लिन सक्नेछन्।

नेशनल लाइफ इन्स्योरेन्सलाइफ इन्स्योरेन्स कर्पोरेसन नेपाल (एलआइसी नेपाल) ले भने बुक क्लोज मिति तोक्न बाँकी रहेको छ।

लाभांश प्रतिशतको हिसाबले नेशनल लाइफ सबैभन्दा अगाडि छ। यस कम्पनीले ५% बोनस सेयर१०% नगद लाभांश गरी १५% कुल लाभांश प्रस्ताव गरेको छ।

त्यसपछि,

  • रिलायबल नेपाल लाइफ: १२.६३%

  • एलआइसी नेपाल: १०.५३%

  • प्रभु महालक्ष्मी लाइफ: ८.४२%

  • एनएलजी इन्स्योरेन्स: २.६३% लाभांश दिने प्रस्ताव गरिएको छ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको