Like us!
Follow us!
Connect us!
Watch us!

फर्स्ट माइक्रोफाइनान्सको १ लाख संस्थापक शेयर बिक्रीमा, न्यूनतम मूल्य प्रति कित्ता २८० रुपैयाँ

अर्थ संसार

मंगलबार, १३ जेठ २०८२, १७ : ४१ मा प्रकाशित

फर्स्ट माइक्रोफाइनान्सको १ लाख संस्थापक शेयर बिक्रीमा, न्यूनतम मूल्य प्रति कित्ता २८० रुपैयाँ

फर्स्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले १ लाख कित्ता संस्थापक शेयर बिक्रीमा राखेको छ। कम्पनीले आफ्ना विद्यमान संस्थापक शेयरधनीहरूलाई मात्रै लक्षित गर्दै उक्त शेयरहरू बिक्रीमा ल्याएको हो।

कम्पनीले बिक्रीको लागि न्यूनतम मूल्य प्रतिकित्ता २८० रुपैयाँ तोकेको छ। इच्छुक विद्यमान संस्थापक शेयरधनीहरूले आगामी ३५ दिनभित्र आवश्यक कागजातसहित कम्पनीको केन्द्रीय कार्यालय, ज्ञानेश्वर, काठमाडौंमा निवेदन दिनुपर्नेछ।

शेयर बिक्री प्रक्रिया अन्तर्गत कम्पनीले यस अवसरलाई संस्थापक शेयरधनीहरूबीचको हिस्सेदारी व्यवस्थापन तथा पूँजी संरचना सुदृढ गर्न प्रयोग गर्ने संकेत गरेको छ।

6836978078a2d.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको