हिमालयन लाइफ इन्स्योरेन्स लिमिटेडले आफ्ना शेयरधनीहरूलाई ८ प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा गरेको छ।
कम्पनीको जेठ १४ गते बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको वितरणयोग्य मुनाफाबाट हाल कायम चुक्ता पूँजीको ८ प्रतिशत नगद लाभांश (कर समेत) वितरण गर्ने निर्णय गरेको हो।
घोषित लाभांश नेपाल बीमा प्राधिकरणको स्वीकृति प्राप्त गरी कम्पनीको आगामी वार्षिक साधारण सभाले पारित गरेपछि शेयरधनीहरूमा वितरण गरिनेछ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस