नेपाली सिमेन्ट उद्योग शिवम् सिमेन्टले आफ्नो चर्चित ब्राण्ड ‘नो कम्प्रमाइज’ को दोस्रो संस्करण सार्वजनिक गरेको छ।
‘नो कम्प्रमाइज’ को बाचा सजिलै गर्न सकिँदैन, तर जसले गर्छ, उसको शिर सँधै ठाडो हुन्छ भन्ने जनचेतनामूलक सन्देश समेटिएको यो नयाँ सिरिजले शिवम् सिमेन्टको गुणस्तरमा कुनै पनि सम्झौता नगर्ने प्रतिबद्धतालाई अझ मजबुत रूपमा प्रस्तुत गरेको छ।
शिवम् सिमेन्टले स्थापना कालदेखि नै केवल ओ.पी.सी. सिमेन्ट उत्पादन तथा बिक्री वितरण गर्दै आएको छ र गुणस्तरप्रति कहिल्यै सम्झौता नगर्ने नीति अपनाउँदै आएको छ। ‘क्वालिटीको मामलामा नो कम्प्रमाइज’, ‘गुणस्तरको पहिचान हो शिवम्’, ‘भरोसा अटुट सम्बन्धको’ जस्ता सशक्त नाराले शिवम् ब्राण्डको पहिचान निर्माण गरेका छन्। गुणस्तरकै कारण शिवम् सिमेन्टले पहिलो पटक एनएस क्वालिटी अवार्ड २०१९ मा प्रथम पुरस्कार समेत प्राप्त गरेको थियो।
हालै सार्वजनिक गरिएको क्याम्पेनिङ टिजर चलचित्रको ट्रेलर जस्तै सिनेम्याटिक प्रस्तुति दिँदै दर्शकहरूमा उत्सुकता र कौतुहलता सिर्जना गरेको थियो। त्यसपछि सार्वजनिक गरिएको पहिलो विज्ञापन भिडियोमा एक राष्ट्रसेवक ट्राफिक प्रहरी आफ्नो कर्तव्यमा सम्झौता नगरेको दृश्य मार्फत शिवम् सिमेन्टको गुणस्तरमा सम्झौता नगर्ने नीति प्रतिबिम्बित गरिएको छ।
शिवम् सिमेन्टका प्रतिनिधिका अनुसार, यस क्याम्पेनअन्तर्गत विभिन्न सामाजिक सन्दर्भ र परिस्थितिमा आधारित थप भिडियो सामग्रीहरू तयार भइसकेका छन् र क्रमशः सार्वजनिक गरिने छन्।
पहिले सञ्चालन गरिएको ‘क्वालिटीको मामलामा नो कम्प्रमाइज’ क्याम्पेन अत्यन्त लोकप्रिय बनेको थियो। शिवम् सिमेन्टले केवल उत्पादन प्रचारमा सीमित नभई सामाजिक सन्देशहरू समेत प्रस्तुत गर्ने शैली अपनाउँदै आएको छ। आफ्नो अधिकार, कर्तव्य, अस्तित्व, लक्ष्य र सिद्धान्तमा सम्झौता नहुने सन्देश समेटिएका विज्ञापनहरूले दर्शकहरूमा गहिरो प्रभाव पार्न सफल भएका छन्।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस