राप्ती हाईड्रो एण्ड जनरल कन्स्ट्रक्सन लिमिटेडले शतप्रतिशत हकप्रद शेयर निष्कासन गर्ने भएको छ। कम्पनीले प्रतिकित्ता १०० रुपैयाँको दरले कुल ६१ लाख २७ हजार ९३८ कित्ता हकप्रद शेयर १ः१ अनुपातमा जारी गर्न नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त गरिसकेको छ।
यो हकप्रद शेयरमा आवेदन प्रक्रिया आगामी असार १ गतेदेखि सुरु भई असार २२ गतेसम्म खुला रहनेछ। कम्पनीले यसका लागि जेठ ६ गते बुक क्लोज गरिसकेको छ। त्यसैले जेठ ५ गतेसम्म कम्पनीको साधारण शेयर खरिद गरेका लगानीकर्ताहरूले मात्र आवेदन दिन सक्नेछन्।
शेयर निष्कासनको बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटल लिमिटेड रहेको छ। इच्छुक लगानीकर्ताले नक्सालस्थित मुक्तिनाथ क्यापिटल, त्रिपुरेश्वरस्थित राप्ती हाइड्रोको कर्पोरेट कार्यालय, साथै मुक्तिनाथ विकास बैंकका प्रमुख शाखा कार्यालयहरूबाट आवेदन दिन सक्नेछन्।
त्यस्तै, धितोपत्र बोर्डबाट अनुमति प्राप्त बैंक तथा वित्तीय संस्था, र "मेरो शेयर" प्रणालीमार्फत पनि आवेदन दिन सकिने व्यवस्था गरिएको छ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस