Like us!
Follow us!
Connect us!
Watch us!

जीवन विकास लघुवित्तले संस्थापक शेयर बिक्रीमा राख्यो, ८ हजार कित्ताका लागि ४०० रुपैयाँ न्यूनतम मूल्य

अर्थ संसार

मंगलबार, १३ जेठ २०८२, १७ : ५६ मा प्रकाशित

जीवन विकास लघुवित्तले संस्थापक शेयर बिक्रीमा राख्यो, ८ हजार कित्ताका लागि ४०० रुपैयाँ न्यूनतम मूल्य

जीवन विकास लघुवित्त वित्तीय संस्था लिमिटेडले ८ हजार कित्ता संस्थापक शेयर बिक्रीमा ल्याएको छ। कम्पनीले विद्यमान संस्थापक शेयरधनीहरूलाई मात्र लक्षित गर्दै उक्त शेयरहरू बिक्रीका लागि खुला गरेको हो।

शेयरको न्यूनतम मूल्य प्रतिकित्ता ४०० रूपैयाँ तोकिएको छ। इच्छुक संस्थापक शेयरधनीहरूले अबको ३५ दिनभित्र आफूले किन्न चाहेको कित्ता खुलाएर मोरङ्गस्थित केन्द्रीय कार्यालयमा निवेदन दिनुपर्नेछ।

कम्पनीले जानकारी दिएको अनुसार, तोकिएको समयभित्र आवश्यक निवेदन प्राप्त नभएमा बाँकी रहेको संस्थापक शेयर सर्वसाधारणमा बिक्री गर्न प्रक्रिया अगाडि बढाइनेछ।

जीवन विकास लघुवित्तले संस्थापक संरचनामा पारदर्शिता र पूँजी व्यवस्थापनलाई थप सुदृढ गर्न यो कदम चालेको जनाएको छ।

 

 

68369ae4a6795.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको