क्रिस्टियानो रोनाल्डोले साउदी प्रो लिग क्लब अल नासर छोड्ने संकेत गरेका छन् ।
लिगको अन्तिम खेल खेलेपछि रोनाल्डोले एक सांकेतिक सन्देश सामाजिक सञ्जालमा लेखेका छन् । रोनाल्डोले यो च्याप्टर समाप्त भएको लेखेका छन् । उनले लेखेका छन्- यो अध्याय सकियो, कथा ? अझै लेखिँदै छ । सबैलाई धन्यवाद ।'
लिगको अन्तिम खेलमा अल फातेहसँग ३-२ गोल अन्तरले पराजित भएसँगै अल नासर तेस्रो स्थानमा रहेर यस सिजनको लिग समाप्त गरेको छ । अल नासरको ३४ खेलमा ७० अंक रहेको छ ।
अल नासर यस सिजनमा तेस्रो स्थानमा रहेसँगै एएफसी च्याम्पियन्स लिगको इलाइटमा छनौट हुन असफल भएको छ ।
रोनाल्डोले साउदी प्रो लिगमा लगातार दोस्रो सिजन गोल्डेन बुट भने जितेका छन् । उनले यस सिजनमा कुल २५ गोल गोल गर्दै गोल्डेन बुट जितेका छन् । त्यस्तै अघिल्लो सिजनमा रोनाल्डोले ३५ गोल गरेर गोल्डेन बुट जितेका थिए ।
रोनाल्डोले अल नासरका लागि १११ खेल खेल्दै ९९ गोल गरेका छन् । अल नासरमा जुन ३० सम्म मात्र सम्झौता रहेकाले उनले लेखेको सन्देश अनुसार क्लब छोड्ने स्पष्ट संकेत गरेका छन् ।
मिडिया रिपोर्टका अनुसार रोनाल्डोले अब अल नासर छोडेर आगामी जुलाईमा अमेरिकामा हुने क्लब विश्वकप क्लबमा जानसक्ने बताइएको छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस