Like us!
Follow us!
Connect us!
Watch us!

रोनाल्डोलाई क्रिस्टल प्यालेसको सेयर दिने अफर !

अर्थ संसार

विहीबार, १५ जेठ २०८२, ०७ : ५० मा प्रकाशित

रोनाल्डोलाई क्रिस्टल प्यालेसको सेयर दिने अफर !

क्रिस्टियानो रोनाल्डोले अल नासर छोड्ने भएपछि उनलाई युरोपसहित विश्वका क्लबहरुले प्रस्ताव पठाउन थालेका छन् ।

यसैबीच प्रिमियर लिग क्लब क्रिस्टल प्यालेसले रोनाल्डोलाई क्लबको शेयरसमेत दिएर भित्र्याउने प्रस्ताव गरेको छ ।

खेल पत्रकार जर्ज नोकोलाका अनुसार क्रिस्टल म्यलेसमा बहुमत शेयर भएका अमेरिकी व्यापारी जोन टेक्स्टरले रोनाल्डोलाई क्लबको राम्रो सेयर दिएर भित्याउने प्रस्ताव गरेका छन् ।

टेक्स्टरको क्रिस्टल प्यालेससहित लियोन, आरडब्लुडी मोलेनबीक र एफसी फ्लोरिडा जस्ता क्लबमा लगानी गर्ने कम्पनि इगल फुटबल ग्रुपमा बहुमत शेयर छ । टेक्स्टरले आफ्नो इगल फुटबल ग्रुपमा रोनाल्डोलाई शेयर दिन प्रस्ताव गरेको मिडिया रिपोर्टमा उल्लेख छ ।

उनले रोनाल्डो क्लब विश्वकपमा खेल्ने गरि क्रिस्टल प्यालेसमा भित्र्याउन प्रस्ताव गरिएको उल्लेख छ ।

रोनाल्डोको अल नासरमा जुन ३० सम्म सम्झौता रहेको र उनको सम्झौता क्लबमा नवीकरण नहुने बताइएको छ । साउदी प्रो लिगको अन्तिम खेल खेलेपछि रोनाल्डोले सामाजिक सञ्जालमा अहिलेको च्याप्टर क्लोज भएको भन्दै अल नासर छोड्न लागेको संकेत गरेका थिए ।

४० बर्षिय रोनाल्डोले अझै केहि बर्ष फुटबल खेल्ने सोचाइ बनाएकाले उनले छिटै नयाँ क्लबसँग सम्झौता गर्नसक्ने बताइएको छ । खासगरी जुलाईमा हुने क्लब विश्वकपमा रोनाल्डोको उपस्थितिलाई लिएर फिफाले पनि विशेष चासो दिएको बताइएको छ । विश्वमै सबै भन्दा बढी सामाजिक संजाल फलोअर भएका रोनाल्डो क्लब विश्वकप खेलेमा त्यसको प्रचार प्रसारमा ठुलो सहयोग हुने फिफाको विश्वास रहेको छ ।

रोनाल्डोले यस बीचमा जुन ४ मा युइएफए नेसन्स लिगको सेमिफाइनलमा जर्मनीविरुद्ध आफ्नो राष्ट्रिय टिम पोर्चुगलका लागि खेल्ने तालिका रहेको छ ।
        

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको