Like us!
Follow us!
Connect us!
Watch us!

बोलपत्र नपरेपछि दोर्दी खोला जलविद्युतको अवितरित हकप्रदमा बोलपत्र पेश गर्ने म्याद थप

अर्थ संसार

सोमबार, १९ जेठ २०८२, ०७ : ०५ मा प्रकाशित

बोलपत्र नपरेपछि दोर्दी खोला जलविद्युतको अवितरित हकप्रदमा बोलपत्र पेश गर्ने म्याद थप

दोर्दी खोला जलविद्युत कम्पनी लिमिटेडले अवितरित हकप्रद सेयर लिलामी प्रक्रियामार्फत बिक्रीका लागि समय थप गरेको छ। कम्पनीले जेठ ११ गतेदेखि करिब १९ लाख ४६ हजार कित्ता सेयर बिक्रीमा ल्याएको थियो। तर, जेठ १९ गतेसम्म बोलपत्र नपरेको कारण कम्पनीले बोलपत्र पेश गर्ने समय थप गर्न बाध्य भएको हो।

अब लगानीकर्ताले जेठ २० गते अर्थात् भोलि बैंकिङ समयसम्म आवेदन दिन सक्नेछन् । 

१:१ अनुपातको हकप्रद बिक्रीपछि बाँकी सेयर लिलामीमा

कम्पनीले १:१ अनुपातमा रु १०० अंकित मूल्यमा १ करोड ५ लाख ४२ हजार ६०४ कित्ता हकप्रद सेयर बिक्रीमा राखेको थियो। उक्त बिक्रीबाट बाँकी रहेको १९ लाख ४६ हजार ६७६ कित्ता सेयर लिलामीमार्फत पुनः बिक्रीमा राखिएको हो।

संस्थापक र सर्वसाधारण समूहका सेयर समेटिए

लिलामीमा रहेको कुल सेयरमध्ये १२ लाख ८५ हजार ४१ कित्ता संस्थापक समूहका छन् भने १ लाख ६५ हजार ९५६ कित्ता सेयर सर्वसाधारण समूहका हुन्। यी दुबै समूहका सेयरमा असार ७ गतेसम्म लक–इन अवधि लागु हुने छ। यसका अतिरिक्त, सर्वसाधारण समूहका लक–इन अवधि नरहेका ४ लाख ९५ हजार ६७९ कित्ता सेयर पनि लिलामीमा समावेश गरिएका छन्।

सेयर खरिद गर्न जोकोहीले पेस गर्न सक्नेछन् बोलपत्र

यस लिलामीमा इच्छुक व्यक्ति वा संस्था सबैले भाग लिन सक्नेछन्। न्यूनतम १०० कित्तादेखि अधिकतम सम्पूर्ण बाँकी सेयरसम्मका लागि बोलपत्र पेस गर्न सकिने व्यवस्था गरिएको छ।

बोलपत्र कहाँ पेस गर्न सकिन्छ?

बोलपत्रहरु काठमाडौंस्थित सानिमा क्यापिटलको कार्यालय नक्सालमा बुझाउन सकिनेछ। साथै, सानिमा बैंकका विभिन्न शाखाहरू—बिराटनगर, बिर्तामोड, वीरगञ्ज, जनकपुर, भरतपुर, हेटौँडा, पोखरा, बुटवल, घोराही, नेपालगञ्ज, वीरेन्द्रनगर, धनगढी, महेन्द्रनगर—र गरिमा विकास बैंकको बागलुङ शाखामा पनि बोलपत्र पेस गर्न सकिने व्यवस्था गरिएको छ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको