दोर्दी खोला जलविद्युत कम्पनी लिमिटेडको संस्थापक सेयर आज आइतबारदेखि दोस्रो बजारमा कारोबारका लागि खुला भएको छ। कम्पनीको तीन वर्षे लकइन अवधि हिजो असार ७ गते (शनिबार) समाप्त भएपछि आजदेखि सेयरहरू नेप्सेमा किनबेच गर्न सकिने भएको हो।
कुल ८४ लाख १२ हजार ९६० कित्ता सेयरको लकइन अवधि सकिएको हो। तीमध्ये
७५ लाख ९० हजार ६७५ कित्ता संस्थापक समूहको,
७ लाख ५६ हजार ४२० कित्ता आयोजना प्रभावित स्थानीयको, र
६५ हजार ८६५ कित्ता कर्मचारीको स्वामित्वमा रहेका छन्।
यी सेयरहरू कम्पनीले २०७९ सालको असार ८ गते सर्वसाधारणलाई आईपीओ बाँडफाँड गरेपछि धितोपत्र बोर्डको नियमअनुसार तीन वर्षसम्म लकइनमा राखिएको थियो।
अबदेखि संस्थापक सेयरधनीहरूले पनि आफ्ना सेयरहरू नेप्सेमा बिक्री गर्न सक्ने भए तापनि कम्पनीका उच्च व्यवस्थापन तहका कर्मचारीहरूलाई भने अझै सेयर कारोबारमा रोक लगाइएको कम्पनीले जनाएको छ।
।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस