दोर्दी खोला जलविद्युत कम्पनी लिमिटेडले बाँकी रहेको अवितरित हकप्रद सेयर पुनः लिलामीमा ल्याउने भएको छ। यसअघि जेठ ११ देखि २० गतेसम्म भएको पहिलो लिलामीमा माग नपरेको सेयर अब दोश्रोपटक बिक्री प्रक्रियामा ल्याइएको हो।
कम्पनीले गत लिलामीमा संस्थापक समूहको १२,८५,०४१ कित्ता, सर्वसाधारणको १,६५,९५३ कित्ता र लकइनमा नरहेको सर्वसाधारण समूहको ४,९५,६७९ कित्ता गरी कुल १९,४६,६७३ कित्ता सेयर लिलामीमा राखेको थियो। बाँडफाँटपछि लकइनमा नरहेको ९३,६२९ कित्ता सेयरमा भने कुनै पनि आवेदन नपरेको कम्पनीले जनाएको छ।
अब कम्पनीले प्रति कित्ता न्यूनतम मूल्य १०० रुपैयाँ तोकी उक्त सेयर पुनः लिलामीमार्फत बिक्री गर्ने निर्णय गरेको हो। इच्छुक व्यक्ति, कम्पनी तथा संघसंस्थाले असार २४ गतेदेखि ३२ गतेसम्म गोप्य शिलबन्दी बोलपत्रमार्फत आवेदन दिन सक्नेछन्। न्यूनतम १०० कित्ता देखि अधिकतम सम्पूर्ण कित्तासम्म माग गर्न सकिनेछ।
बोलपत्र फारम बिक्री प्रबन्धक सानिमा क्यापिटल लिमिटेड, नक्साल काठमाडौं तथा सानिमा बैंकका विराटनगर, वीरगन्ज, जनकपुर, भरतपुर, हेटौंडा, पोखरा, बुटवल, घोराही, नेपालगन्ज, वीरेन्द्रनगर, धनगढी, महेन्द्रनगर र बागलुङ शाखाबाट प्राप्त गर्न सकिनेछ। यिनै स्थानहरूमा फाराम बुझाउन सकिने जानकारी दिइएको छ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस