Like us!
Follow us!
Connect us!
Watch us!

दोर्दी खोला जलविद्युतको लिलामी सेयरमा आवेदन दिने आज अन्तिम दिन

अर्थ संसार

मंगलबार, २० जेठ २०८२, ०७ : ४३ मा प्रकाशित

दोर्दी खोला जलविद्युतको लिलामी सेयरमा आवेदन दिने आज अन्तिम दिन

दोर्दी खोला जलविद्युत कम्पनी लिमिटेडले अवितरित हकप्रद सेयर लिलामीमार्फत बिक्रीका लागि थप गरेको समय अनुसार आज मंगलबार (जेठ २० गते) अन्तिम दिन हो। कम्पनीले जेठ ११ गतेदेखि करिब १९ लाख ४६ हजार कित्ता सेयर लिलामीमा ल्याएको थियो। तर, जेठ १९ गतेसम्म पर्याप्त बोलपत्र नपरेपछि समय थप गर्दै आजसम्मको समय तोकिएको हो।

१:१ अनुपातको हकप्रद बिक्रीपछि बाँकी सेयर लिलामीमा

कम्पनीले १:१ अनुपातमा १०५ लाख ४२ हजार ६०४ कित्ता हकप्रद सेयर बिक्रीमा राखेको थियो। सो बिक्रीबाट बाँकी रहेका १९ लाख ४६ हजार ६७६ कित्ता सेयर अहिले लिलामीमार्फत पुनः बिक्रीमा राखिएको हो।

संस्थापक र सर्वसाधारण समूहका सेयर समावेश

लिलामीमा रहेका सेयरमध्ये १२ लाख ८५ हजार ४१ कित्ता संस्थापक समूहका र १ लाख ६५ हजार ९५६ कित्ता सेयर सर्वसाधारण समूहका हुन्। यी दुबै समूहका सेयरमा असार ७ गतेसम्म लक–इन अवधि लागु हुनेछ। साथै, लक–इन अवधि नरहेका ४ लाख ९५ हजार ६७९ कित्ता सर्वसाधारण समूहका सेयर पनि लिलामीमा समावेश छन्।

न्यूनतम १०० कित्तादेखि अधिकतम सम्म बोलपत्र पेश गर्न सकिने

लिलामीमा इच्छुक व्यक्ति वा संस्थाले न्यूनतम १०० कित्तादेखि अधिकतम सम्पूर्ण बाँकी सेयरसम्म बोलपत्र पेश गर्न सक्नेछन्। आज बैंकिङ समयभित्र बोलपत्र बुझाइसक्नुपर्नेछ।

बोलपत्र कहाँ बुझाउने?

बोलपत्रहरु काठमाडौंको नक्सालस्थित सानिमा क्यापिटलको कार्यालयमा बुझाउन सकिनेछ। साथै, सानिमा बैंकका शाखाहरू—बिराटनगर, बिर्तामोड, वीरगञ्ज, जनकपुर, भरतपुर, हेटौँडा, पोखरा, बुटवल, घोराही, नेपालगञ्ज, वीरेन्द्रनगर, धनगढी, महेन्द्रनगर—र गरिमा विकास बैंकको बागलुङ शाखामा पनि बुझाउन सकिने व्यवस्था गरिएको छ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको