सोमबारको सेयर कारोबार जारी रहँदा पियोर इनर्जीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । दोस्रो बजारमा कारोबार खुले पछिको ८ औँ कारोबार दिन पनि यो कम्पनीमा सकारात्मक सर्किट लागेको हो ।
आजको कारोबार जारी रहँदा यो कम्पनीको सेयर मूल्य ५६ रुपैयाँ ३० पैसाले बढेर ६१९ रुपैयाँ ८० पैसा पुगेको छ । यो अघिल्लो दिनको भन्दा ९.९९ प्रतिशतले धेरै हो । कुनै पनि कम्पनीको सेयर मूल्य १० प्रतिशतले वृद्धि भएमा त्यसमा सकारात्मक सर्किट लागेर कारोबार बन्द हुन्छ भने १० प्रतिशत घटेमा नकारात्मक सर्किटका साथ कारोबार बन्द हुन्छ ।
यो अवधिमा समग्र सेयर बजार १२ दशमलव ०१ अंकले बढेर २६४१ दशमलव ९१ विन्दुमा पुगेको छ । यो अवधिमा सेयर बजारमा १ अर्ब ४४ करोड माथिको कारोबार भएको छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस