मंगलबारको सेयर कारोबार जारी रहँदा पियोर इनर्जीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । अघिल्लो दिन पनि सकारात्मक सर्किट लागेर कारोबार भएको यो कम्पनीको सेयर मूल्य आज पनि सर्किट लागेर कारोबार बन्द भएको हो ।
आजको कारोबार जारी रहँदा यो कम्पनीको सेयर मूल्य ६१ रुपैयाँ ९० पैसाले बढेर ६८१ रुपैयाँ ९० पैसा पुगेको छ । यो अघिल्लो दिनको भन्दा ९.९९ प्रतिशतले धेरै हो । यो अवधिमा समग्र सेयर बजार परिसूचक पनि २२ दशमलव ८५ अंकले बढेर २६७५ दशमलव ९५ विन्दुमा पुगेको छ । यो अवधिमा सेयर बजारमा ६ अर्ब १७ करोड माथिको कारोबार भएको छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस