Like us!
Follow us!
Connect us!
Watch us!

नयाँ स्टक एक्सचेञ्जसम्बन्धी अध्ययन प्रतिवेदन : लाइसेन्स दिनु अघि नेप्सेको पुर्नसंरचना गर्नु

अर्थ संसार

बुधबार, २८ जेठ २०८२, ०८ : ३९ मा प्रकाशित

नयाँ स्टक एक्सचेञ्जसम्बन्धी अध्ययन प्रतिवेदन : लाइसेन्स दिनु अघि नेप्सेको पुर्नसंरचना गर्नु

मंगलबार नेपाल धितोपत्र बोर्ड (सेबोन) ले धितोपत्र बजार सञ्चालनको लागि एक भन्दा बढी संगठित संस्थालाई अनुमति दिन उपयुक्त हुने नहुने सम्बन्ध गरिएको अध्ययन प्रतिवेदन सार्वजनिक गरेको छ । नेपाल राष्ट्र बैंकका सञ्चालक चिन्तामणि शिवाकोटीको नेतृत्वमा तयार पारिएको उक्त प्रतिवेदनले बोर्डले मंगलबार सार्वजनिक गरेको हो । 

नेपालमा प्रतिस्पर्धी नयाँ स्टक एक्सचेञ्ज स्थापना भएमा बजारका हरेक सूचकमा ३० देखि ५० प्रतिशत वृद्धि हुने प्रतिवेदनमा उल्लेख गरिएको छ । तर नयाँ स्टक एक्सचेञ्जको लाइसेन्सअघि नेपाल स्टक एक्सचेञ्जको पुनर्संरचना गर्नुपर्ने प्रतिवेदनले सुझाब दिएको छ । छिमेकी तथा अन्तर्राष्ट्रिय बजारको अनुभवलाई आधार मान्दै प्रतिवेदनले यस्तो प्रक्षेपण गरेको हो । 

बजार सुधारको वकालत गर्ने क्रममा प्रतिवेदनले नियामक निकाय धितोपत्र बोर्डकै दयनीय अवस्थामाथि पनि गम्भीर प्रश्न उठाएको छ । स्थापनाको ३३ वर्षसम्म पनि बोर्डको आफ्नै भवन नहुनु दुःखद भएको भन्दै प्रतिवेदनले यो अवस्थाले गर्दा सूचना प्रविधि पूर्वाधार जडान गर्न, सर्भर राख्न र बैठक, तालिम गर्नसमेत कठिनाइ भएको औँल्याइएको छ। कार्यालयमा सामान्य पावर ब्याकअप समेत नहुँदा लोडसेडिङको समयमा कर्मचारीले हात बाँधेर बस्नुपर्ने अवस्था रहेको बताइएको छ ।

यो अध्ययन समिति पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको तत्कालीन सरकारले २०८० माघमा गठन गरेको थियो । समितिले २०८१ वैशाखमा प्रतिवेदन बुझाएको थियो । सोही प्रतिवेदन कार्यान्वयनका लागि सुझाव पेस गर्न हाल बोर्डले आफ्नै सञ्चालक समिति सदस्यको नेतृत्वमा अर्को समिति पनि बनाएको थियो । 
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको