Like us!
Follow us!
Connect us!
Watch us!

साढे १२% ले बढ्यो बैंकमा बीमकको लगानी, मुद्दति निक्षेप कति पुग्यो ?

अर्थ संसार

बुधबार, २८ जेठ २०८२, १३ : २३ मा प्रकाशित

साढे १२% ले बढ्यो बैंकमा बीमकको लगानी, मुद्दति निक्षेप कति पुग्यो ?

बीमा कम्पनीहरूले बैंक तथा वित्तीय संस्थाको मुद्दति निक्षेपमा गरेको लगानी साढे १२ प्रतिशतभन्दा बढीले बढेको छ। नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०८१/८२ को वैशाख मसान्तसम्मको तथ्यांकअनुसार यस्तो देखिएको हो।

वैशाख मसान्तसम्म बीमा कम्पनीहरू (जीवन, निर्जीवन, पुनर्बीमा, लघु जीवन र लघु निर्जीवन) ले बैंक तथा वित्तीय संस्थामा कूल ६ खर्ब ४८ अर्ब १९ करोड ३४ लाख रुपैयाँ मुद्दति निक्षेपको रूपमा लगानी गरेका छन्। यो अघिल्लो आर्थिक वर्षको वैशाखमा रहेको ५ खर्ब ७५ अर्ब ५५ करोड ६६ लाख रुपैयाँको तुलनामा १२.६२ प्रतिशतले वृद्धि भएको हो।

यसैबीच, समीक्षा अवधिमा कर्मचारी सञ्चय कोषको बैंकमा रहेको मुद्दति निक्षेप भने ३.७५ प्रतिशतले घटेको छ। अघिल्लो वर्ष वैशाखमा १ खर्ब ८१ अर्ब ९३ करोड ८१ लाख रुपैयाँ रहेको उक्त कोषको लगानी हाल घटेर १ खर्ब ७५ अर्ब ११ करोड ८० लाख रुपैयाँमा झरेको छ।

त्यस्तै, नागरिक लगानी कोषको बैंकमा रहेको लगानी भने उल्लेखनीय रुपमा बढेको छ। अघिल्लो वर्ष वैशाखमा १ खर्ब ११ अर्ब १६ करोड ११ लाख रुपैयाँ रहेको कोषको लगानी चालु वर्षको वैशाख मसान्तसम्ममा १७.८८ प्रतिशतले वृद्धि भई १ खर्ब १३ अर्ब ३ करोड ५२ लाख रुपैयाँ पुगेको छ।

व्यक्तिगत निक्षेपमा पनि सकारात्मक वृद्धि देखिएको छ। अघिल्लो वर्ष वैशाखसम्म बैंकहरूमा व्यक्तिगत निक्षेप ३८ खर्ब ८१ अर्ब ८६ करोड ३२ लाख रुपैयाँ थियो। चालु वर्षको वैशाख मसान्तसम्म यो ११.६८ प्रतिशतले बढेर ४३ खर्ब ३५ अर्ब १९ करोड ७ लाख रुपैयाँ पुगेको छ।

राष्ट्र बैंकले हालै संस्थागत मुद्दति निक्षेपको ब्याजदर व्यक्तिगत मुद्दति निक्षेपको तुलनामा अधिकतम १ प्रतिशत कम गर्न सकिने व्यवस्था लागू गरेको छ। यसअघि यो अन्तर २ प्रतिशतसम्म गर्न सकिने प्रावधान थियो। नयाँ व्यवस्था संस्थागत लगानीकर्ताको ब्याज आम्दानीमा सकारात्मक असर पार्ने अपेक्षा गरिएको छ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Prabhu Bank

ताजा समाचार

छुटाउनुभयो कि?

Whatsapp Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको