Like us!
Follow us!
Connect us!
Watch us!

संसदीय समिति बनाउनेबारे छलफल भइराछ,आज या भोलिसम्ममा संसद अवरोध हट्छ - प्रवक्ता गुरुङ

अर्थ संसार

बुधबार, २८ जेठ २०८२, १३ : ०२ मा प्रकाशित

संसदीय समिति बनाउनेबारे छलफल भइराछ,आज या भोलिसम्ममा संसद अवरोध हट्छ - प्रवक्ता गुरुङ

सञ्चार तथा सूचना प्रविधि मन्त्री तथा सरकारका प्रवक्ता पृथ्वीसुब्बा गुरुङले अवरुद्ध बनेको संघीय संसद्‌ छिट्टै सुचारु हुने विश्वास व्यक्त गरेका छन्।

बिहीबार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा मन्त्री गुरुङले संसद्‌को अवरोध हटाउने विषयमा सत्ता पक्ष र प्रतिपक्षी दलबीच सक्रिय छलफल भइरहेको जानकारी दिए।

उनका अनुसार, गृहमन्त्री रमेश लेखकले भिजिट भिसा प्रकरणमा उठेका प्रश्नको जवाफ दिने, आवश्यक परेमा छानबिन समिति गठन गर्ने र प्रतिपक्षी दलहरूले संसद्‌ पुनः सञ्चालनमा ल्याउनेबारे छलफल अगाडि बढिरहेको छ।

'बढीमा संसदीय छानबिन समिति बनाउने वा बनाउने तरिका के हुने भन्नेबारे कुराकानी चलिरहेको छ,' मन्त्री गुरुङले भने, 'गृहमन्त्रीले संसद्‌मा आफूमाथि उठेका विषयमा धारणा राख्नेछन्, त्यसपछि प्रतिपक्षी दलहरूले संसद्‌ खुलाउन सहकार्य गर्ने र बजेटमाथिको छलफल प्रक्रिया अघि बढाउने सरकारको अपेक्षा छ।'

उनले थपे, 'सम्भवतः आज या भोलिसम्ममा सहमति जुट्ला भन्ने विश्वास लिएको छु। सानोतिनो विषय उठाएर राजनीति अस्थिर बनाउन हुँदैन भन्ने बुझ्न जरुरी छ।' मन्त्री गुरुङका अनुसार, सरकार संसद्‌ पुनः सञ्चालन गरी बजेटमाथिको औपचारिक छलफल शीघ्र अघि बढाउने तयारीमा छ।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Prabhu Bank

ताजा समाचार

छुटाउनुभयो कि?

Whatsapp Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको