Like us!
Follow us!
Connect us!
Watch us!

जनताले सुधारिएकाे पार्टी खोजेका हुन् ,नयाँ अनुहार होइन - पृथ्वीसुब्बा गुरुङ

अर्थ संसार

मंगलबार, २० माघ २०८२, १५ : १० मा प्रकाशित

जनताले सुधारिएकाे पार्टी खोजेका हुन् ,नयाँ अनुहार होइन  - पृथ्वीसुब्बा गुरुङ

नेकपा एमालेका उपाध्यक्ष पृथ्वीसुब्बा (पीएस) गुरुङले पुराना राजनीतिक दलहरू असान्दर्भिक नभएको दाबी गरेका छन्। प्रेस चौतारीले आयोजना गरेको कार्यक्रममा बोल्दै उनले जनताले नयाँ अनुहारभन्दा पनि सक्षम र अनुभवी नेतृत्व खोजिरहेको बताए। उनले हाल नेपालको संविधान र विद्यमान राजनीतिक व्यवस्थामाथि निरन्तर आक्रमण भइरहेको उल्लेख गर्दै स्वाधीन नेपालको पक्षमा उभिएको कारण एमालेमाथि सबैभन्दा बढी आक्रमण भइरहेको दाबी गरे।

उनले भने, ‘चुनावमा हामी लागिसकेका छौँ तर बजारमा नयाँ भन्ने हल्ला चलिरहेको छ। नयाँ भनेको अनुहारमा कि विचारमा कि के हो ? जनताले नयाँ अनुहार खोजेका होइनन्, सुधारिएका पार्टीहरू खोजेका हुन्। परिष्कृत भिजन र नीतिसहित अघि बढेका पार्टी र नेता खोजेका छन्। हामीसँग अनुभव, परिपक्वता र ठोस नीति छ। मुलुकलाई चलाउनसक्ने हिम्मत र अठोट पनि छ। ठोस भिजन बोकेको पार्टी हाम्रो हो।’

उनले कांग्रेसको पार्टी सभापतिसहित पदाधिकारीमा नयाँ अनुहार आएको भएपनि नयाँ भिजन, नीति र कार्यक्रम नदेखिएको बताए।उनले रास्वपाले भावी प्रधानमन्त्रीको उम्मेदवार बनाएका बालेन शाहले दुई जनता जनतालाई फेस गर्न नसक्ने बताए। उनले सामाजिक सञ्जालबाट अहिले भ्रम छर्ने प्रयास भइरहेको भन्दै सचेत रहन पार्टीपंक्तिलाई आग्रह गरे।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको