इन्फिनिटी लघुवित्त वित्तीय संस्था लिमिटेडले नायब प्रमुख कार्यकारी अधिकृत (डिसीईओ) का लागि आवेदन माग गरेको छ । नवलपरासी (पूर्व) मा केन्द्रीय कार्यालय रहेको यो कम्पनीले डिसीईओका लागि आवेदन माग गरेको हो ।
कम्पनीले आज एक सूचना जारी गर्दै डिसीईओका लागि आवेदन माग गरेको हो । डिसीईओमा आवेदन दिनका लागि कुनै पनि विषयबाट स्नातकोत्तर तह उत्तीर्ण गरी बैंक तथा वित्तीय संस्थाको व्यवस्थापकीय स्तरमा कम्तीमा ५ वर्ष काम गरेको वा स्नातक तह उत्तीर्ण गरी बैंक तथा वित्तीय संस्थाको व्यवस्थापकीय स्तरमा कम्तीमा ७ वर्ष काम गरेको हुनु पर्नेछ ।
परीक्षामा व्यवसायिक प्रस्तुतीकरण र मौखिक अन्तर्वाता लिइने कम्पनीले जनाएको छ । उमेरको हदमा ३० वर्ष पूरा गरी ५५ वर्ष ननाघेको हुनु पर्नेछ । महिलाको हकमा भने माथिल्लो उमेर हदमा ५ वर्ष थप हुनेछ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस