बिहीबारको सेयर कारोबार जारी रहँदा पियोर इनर्जीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । आजको कारोबार खुल्न वित्तिकै यो कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको हो ।
यो कम्पनीको सेयर मूल्य ७४ रुपैयाँ ९० पैसाले बढेर ८२४ रुपैयाँ ७० पैसा पुगेको छ । यो अघिल्लो दिनको भन्दा ९.९९ प्रतिशतले धेरै हो । यो अवधिमा समग्र सेयर बजार परिसूचक ७ दशमलव १८ अंकले बढेर २६७१ दशमलव ६६ विन्दुमा पुगेको छ । यो अवधिमा सेयर बजारमा २ अर्ब ६३ करोड माथिको कारोबार भएको छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस