Like us!
Follow us!
Connect us!
Watch us!

साताको सेयर : नेप्से परिसूचक १४ अंकले बढ्यो, दैनिक औषत कारोबार १० अर्ब माथि

अर्थ संसार

शनिबार, ३१ जेठ २०८२, ०८ : १० मा प्रकाशित

साताको सेयर : नेप्से परिसूचक १४ अंकले बढ्यो, दैनिक औषत कारोबार १० अर्ब माथि

यो साता नेप्से परिसूचक सामान्य अंक बढेर बन्द भएको छ । गत साता २६४० दशमलव ९६ विन्दुमा बन्द भएको नेप्से परिसूचक यो साता १४ दशमलव ४२ अंकले बढेर ३६५५ दशमलव ३८ विन्दुमा पुगेको हो । यो साता सेयर बजार गत साताको तुलनामा ०.५५ प्रतिशतले बढेको हो । 
यो साता ५ कारोबार दिनमध्ये २ कारोबार सेयर बजार बढेर बन्द भएको थियो भने ३ कारोबार दिन बजार घटेर कारोबार भएको थियो । त्यस्तै यो साता सेन्सेटिभ इण्डेक्स २ दशमलव ७६ अंक बढेको छ भने फ्लोट इण्डेक्स १ दशमलव १० अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स १ दशमलव १० अंक बढेको छ ।

नेप्सेसँगै यो साता कारोबार रकम पनि बढेको छ । गत साता दैनिक औषतमा ७ अर्ब २६ करोडको सेयर खरिदबिक्री भएको बजारमा यो साता औषतमा १० अर्ब ८ करोडको कारोबार भएको छ । गत साताको तुलनामा यस साताको दैनिक औषत कारोबार रकम ३८.८७ प्रतिशत वृद्धि भएको छ । त्यस्तै यो साता दैनिक औषत सेयर संख्या ३०.७३ प्रतिशत बढेको छ भने दैनिक औषत कारोबार संख्या १६.९८ प्रतिशत बढेको छ । यो साता नेप्सेको कुल बजार पुँजीकरण पनि ०.५५ प्रतिशत बढेको छ । गत साताको अन्तिम कारोबार दिन ४३ खर्ब ९९ अर्ब रुपैयाँ रहेको नेप्सेको कुल बजार पुँजीकरण रहेको थियो । यो साता कुल बजार पुँजीकरण बढेर ४४ खर्ब २३ अर्ब रुपैयाँ पुगेको छ ।

यो साता १३ वटा उपसमूहमध्ये ६ उपसमूहको परिसूचक बढेको छ भने ७ उपसमूहको परिसूचक घटेको छ । यस साता जलविद्युत उपसमूहको परिसूचक सर्वाधिक ५.५१ प्रतिशत बढेको छ। गत साता ३४५० दशमलव ८३ विन्दुमा बन्द भएको यस उपसमूहको परिसूचक यो साता १९० दशमलव ३१ अंक बढेर ३६४१ दशमलव १४ विन्दुमा पुगेको छ ।

कारोबारमा आएको व्यापार उपसमूहको परिसूचक यो साता सर्वाधिक १.६३ प्रतिशत घटेको छ । गत साता ४२५४ दशमलव ९१ विन्दुमा बन्द भएको यस उपसमूहको परिसूचक यो साता ६९ दशमलव २४ अंक घटेर ४१८५ दशमलव ६७ विन्दुमा झरेको छ । अंकका आधारमा भने यस साता जीवन बीमा उपसमूहको परिसूचक सबैभन्दा बढी १५० दशमलव ०५ अंक घटेको छ।
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको