साताको सेयर कारोबार हुने पहिलो दिन आइतबार नेप्से परिसूचक सामान्य अंकले बढेर बन्द भएको छ । आज सेयर बजार परिसूचक ० दशमलव ४७ अंकले बढेर २६५५ दशमलव ८५ विन्दुमा पुगेको हो ।
आज सेयर बजारमा ९० कम्पनीको सेयर मूल्य बढेको छ भने १५७ कम्पनीको सेयर मूल्य घटेको छ । आइतबार ‘क’ वर्गका कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स भने ० दशमलव ६७ अंकले घटेर ४५३ दशमलव ४१ विन्दुमा पुगेको छ । नेप्से परिसूचक बढे पनि आज कारोबार रकममा भने गिरावट आएको छ । आज १३ उपसूचकमध्ये ८ उपसूचकको सेयर मूल्य घटेको छ भने ५ वटा उपसूचकको सेयर मूल्य मात्रै बढेको छ ।
अघिल्लो कारोबार दिन साढे १२ अर्ब माथिको कारोबार भएको बजारमा आज ११ अर्ब ४४ करोड ३२ लाख ७२ हजार ६३६ रुपैयाँ बराबरको कारोबार भएको छ । आज सेयर बजारमा ३०८ कम्पनीका २ करोड ५३ लाख ९३ हजार ७६२ कित्ता सेयर ९५ हजार ३७४ पटक कारोबार हुँदा उक्त रकम बराबरको कारोबार भएको हो । आज सेयर बजारमा तीन कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । आज ग्रिन डेभलपमेन्ट बैंक, पियोर इनर्जी र छ्याङ्दी हाइड्रोपावरको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस