Like us!
Follow us!
Connect us!
Watch us!

डिप्रोक्स लघुवित्तमा रोजगारीको अवसर

अर्थ संसार

सोमबार, ०२ असार २०८२, १० : ४६ मा प्रकाशित

डिप्रोक्स लघुवित्तमा रोजगारीको अवसर

डिप्रोक्स लघुवित्त वित्तीय संस्था लिमिटेडले कर्मचारी माग गरेको छ । कम्पनीले कनिष्ठ सहायक पदमा ४० जना कर्मचारी माग गरेको हो ।

यसका लागि कम्तीमा एसईई वा सो सरहको परीक्षा उत्तीर्ण गरेको हुनु पर्नेछ । प्लस टू गरेकालाई प्राथमिकता दिइने कम्पनीले जनाएको छ । अनुभवमा लघुवित्त कम्पनीमा कम्तीमा ६ महीनादेखि काम गरिरहेको हुनु पर्नेछ । कम्प्यूटर सम्बन्धी ज्ञान भएको र मोटरसाइकलको लाइसेन्स भएकाले प्राथमिकता दिइने कम्पनीले जनाएको छ । 

परीक्षा लिखित र अन्तर्वाता गरी दुई चरणको हुने कम्पनीले जनाएको छ । योग्य तथा इच्छुक व्यक्तिले आवश्यक कागजात सहित असार १६ गतेभित्र आवेदन दिइसक्नु पर्नेछ ।
 

684fa56f8ee93.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको