तीन वटा लगानीकर्ताहरुका संघका प्रतिनिधिहरुले सीडीएससी नवनियुक्त प्रमुख कार्यकारी अधिकृत (सीईओ) सँग भेटघाट गरेका छन् । सेयर लगानीकर्ता संघ, नेपाल पुँजी बजार लगानीकर्ता संघ र स्वतन्त्र पुँजी बजार लगानीकर्ता संघले सीडीएसीका नवनियुक्त सीईओ प्रविन पन्दाकसँग घेटघाट गरेका हुन् ।
यी ३ वटै संघका प्रतिनिधिहरुले सीडिएसीका नव नियुक्त प्रमुख कार्यकारी अधिकृत प्रविन पन्दाकलाई भेटेर बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गरेका छन् । सो अवसरमा तीनवटै संघहरूले संयुक्त वक्तव्य जारी गर्दै सीडिएससीको नेतृत्व परिवर्तनबाट लगानीकर्तामैत्री, पारदर्शी र प्रभावकारी प्रणाली निर्माणमा गति आउने विश्वास व्यक्त गरेका छन् । उनीहरूले आगामी दिनमा प्रणालीलाई थप पारदर्शी, सहज र विश्वसनीय बनाउने अपेक्षा गरेको जनाएका छन् ।
मोबाइल एप, अनलाइन प्रणाली र डिजिटल साक्षरता अभिवृद्धिका माध्यमबाट टाढा रहेका लगानीकर्तालाई सेवा पु¥याउने, आईपीओ आवेदन प्रणालीलाई थप सहज बनाउने, सेटलमेन्ट प्रक्रिया छोट्याउने र गुनासो समाधान गर्ने प्रभावकारी हेल्पडेस्क निर्माण गर्नु अत्यावश्यक रहेको जारी वक्तव्यमा भनिएको छ ।
साथै, सीडिएसी पुँजी बजारमा इलेक्ट्रोनिक रूपमा सेयर कारोबार, डिम्याट खाता व्यवस्थापन, सी–एसबा प्रणाली, सेयर ट्रान्सफर, मर्जर प्रक्रिया, बोनश र लाभांश वितरण लगायत सेवा प्रदान गर्दै आएको संस्था हो । उक्त संस्थाले अब ई–केवाईसी प्रणालीमा आधारित एकीकृत ट्रेडिङ प्रणालीलाई प्रवद्र्धनको भुमिका थप सहज बनेको बताइएको छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस