Like us!
Follow us!
Connect us!
Watch us!

सेयर बजार परिसूचक सामान्य अंकले घट्यो, कारोबार रकम ९ अर्ब माथि

अर्थ संसार

बुधबार, ०४ असार २०८२, १४ : १२ मा प्रकाशित

सेयर बजार परिसूचक सामान्य अंकले घट्यो, कारोबार रकम ९ अर्ब माथि

साताको सेयर कारोबार हुने चौथो दिन सेयर बजार सामान्य अंकले घटेको छ । आज सेयर बजार परिसूचक १ दशमलव ०७ अंकले घटेर २६५३ दशमलव ६८ अंकमा पुगेको हो । 

आज सेयर बजारमा ८८ कम्पनीको सेयर मूल्य बढेको छ भने १५९ कम्पनीको सेयर मूल्य घटेको छ । त्यस्तै एउटा कम्पनीको सेयर मूल्य स्थिर रहेको छ । त्यस्तै आज ‘क’ वर्गका कम्पनीको मापक सेन्सेटिभ भने ० दशमलव ०१ अंकले बढेर ४५२ दशमलव ४९ विन्दुमा पुगेको छ । आज सेयर बजारमा १३ उपसूचकमध्ये ८ वटाको सेयर मूल्य घटेको छ भने ५ वटाको बढेको छ । 

आज सेयर बजारमा ९ अर्ब भन्दा माथिको कारोबार भएको छ । आज ३१४ वटा कम्पनीको २ करोड ३४ लाख ४६ हजार ९४९ कित्ता सेयर ७८ हजार १३ पटक खरिद बिक्री हुँदा ९ अर्ब ८ करोड ५८ लाख ८६ हजार ८७७ रुपैयाँ बराबरको कारोबार भएको छ । आज सेयर बजारमा एक कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ भने एउटा कम्पनीको सेयर मूल्यमा नकारात्मक सर्किट लागेर कारोबार भएको छ । 
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको