स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था (इप्पान) का अध्यक्ष गणेश कार्कीले सरकारले बजेटमा समावेश भएको ‘टेक एण्ड पे’ व्यवस्था नै हटाउनु पर्ने बताएका छन् । इप्पानले आफ्नो लोगोमा नै ‘नो टेक एण्ड पे’ लेखेर विरोध जनाए पछि अर्थ संसारसँग प्रतिक्रिया दिदै अध्यक्ष कार्कीले बजेटबाटट उक्त व्यवस्था हटाउनु पर्ने बताएका हुन् ।
पहिलो चरणमा सांकेतिक रुपमा यस्तो विरोध गरेको भन्दै थप आन्दालनका कार्यक्रमका विषयमा आफूहरु छलफलमा नै रहेको उनले जानकारी दिए । ‘यो पहिलो चरणको आन्दोलन हो । यो सांकेतिक आन्दोलन पनि हो । थप आन्दोलनका विषयमा हामीहरु छलफलमा नै रहेका छौँ,’ उनले भने ।
ऊर्जा उत्पादकहरुका लागि यो टेक एण्ड पे को व्यवस्थाले ठूलो समास्या पार्ने भन्दै उनले यो व्यवस्था परिमार्जन गर्ने पर्ने बताए । सरकारले उत्पादीत विद्युत खरिद नगर्ने भए त्यसको जिम्मेवारी पनि निजी क्षेत्रलाई दिन सुझाब दिए । ‘सरकारले सक्दैन भने निजी क्षेत्रलाई जिम्मा दिनु पर्छ । हामी त्यसका लागि तयार छौँ,’ उनले भने ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस