गत असोज महिनामा आएको बाढीले ठूलो जन धनको क्षति गर्यो। उक्त बाढी पहिरोको दाबी भुक्तानी दिनु पर्दा निर्जीवन बीमा कम्पनीको ब्यालेन्स सिटमा नै समस्या परेको थियो । तर, अर्को बर्खा सुरु भइसक्दा समेत पनि दाबी परेको आधाभन्दा बढी रकम अझै पनि भुक्तानी हुन बाँकी रहेको देखिएको छ ।
नेपाल बीमा प्राधिकरणले जेठ २८ गते सार्वजनिक गरेको पछिल्लो तथ्यांक अनुसार निर्जीवन बीमा कम्पनीहरुले अझै पनि ७ अर्ब ४० करोड १४ लाख रुपैयाँ भुक्तानी दिन बाँकी रहेको छ । बीमा कम्पनीमा बाढी पहिरोबाट भएको क्षतिको ३ हजार ७१२ वटा दाबी बाट १२ अर्ब २७ करोड ५७ लाख रुपैयाँ बराबरको दाबी परेको थियो । हालसम्म निर्जीवन बीमा कम्पनीहरुले ४ अर्ब ८७ करोड ४२ लाख रुपैयाँ मात्रै दाबी भुक्तानी गरेका छन् । यो अवधिसम्मका कम्पनीहरुले ३ हजार ५६ वटा दाबीको भुक्तानी गरेका छन् भने ६९६ वटा दाबीको भुक्तानी दिन बाँकी रहेको छ ।
प्राधिकरणको तथ्यांक अनुसार १४ वटा ठूला निर्जीवन बीमा कम्पनीमध्ये सबै भन्दा धेरै दाबी भुक्तानी गर्न बाँकी दि ओरिएन्टल इन्स्योरेन्सको रहेको छ । यो कम्पनीमा परेको कुल १ अर्ब ३६ करोड ७८ हजार मध्ये १८ करोड ४९ लाख रुपैयाँ भुक्तानी गरेको छ भने १ अर्ब १८ करोड २९ लाख रुपैयाँ भुक्तानी गर्न बाँकी रहेको छ । यो कम्पनीले ठूलो दाबी थाती राखेर साना दाबी फछ्योट गरेको देखिन्छ । यो कम्पनीमा परेका १८३ वटा दाबीमध्ये १७० वटा दाबीको भुक्तानी दिएको छ । १३ वटा दाबीको भूक्तानी दिन बाँकी छ । त्यस्तै सिद्धार्थ प्रिमियर इन्स्योरेन्सको ८० करोड ४२ लाख, शिखर इन्स्योरेन्सले ५५ करोड ८८ लाख, सगरमाथिा लुम्बिीनी इन्स्योरेन्सले ५७ करोड ७३ लाख र नेशनल इन्स्योरेन्सले ७८ करोड ४२ लाख रुपैयाँ भुक्तानी दिन बाँकी रहेको छ ।
त्यस्तै हालसम्म एनएलजी इन्स्योरेन्सले ५६ करोड १८ लाख, हिमालयन एभरेष्ट इन्स्योरेन्सले ३० करोड ७० लाख, सानिमा जिआईसी इन्स्योरेन्सले ५७ करोढ ९३ लाख, नेको इन्स्योरेन्सले ३५ करोड ६५ लाख, युनाइटेड अजोड इन्स्योरेन्सले २७ करोड ६ करोड र आइजिआई प्रुडेन्सियल इन्स्योरेन्सले २ करोड ८६ लाख रुपैयाँ भुक्तानी दिन बाँकी रहेको छ ।
त्यस्तै हालसम्म नेपाल इन्स्योरेन्स कम्पनीले २७ करोड ९ लाख, प्रभु इन्स्योरेन्सले २१ करोड ५ लाख र राष्ट्रिय बीमा कम्पनीले २० करोड १३ लाख रुपैयाँ भुक्तानी दिन बाँकी रहेको छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस