Like us!
Follow us!
Connect us!
Watch us!

१४ प्रतिशतले बढ्यो निर्जीवन बीमकको व्यापार - कुन प्रदेशमा कति ?

अर्थ संसार

शुक्रबार, २५ पुस २०८२, ११ : ०० मा प्रकाशित

१४ प्रतिशतले बढ्यो निर्जीवन बीमकको व्यापार - कुन प्रदेशमा कति ?

चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो ५ महिना मंसिरसम्ममा नेपालका निर्जीवन बीमा कम्पनीहरूले झन्डै २० अर्ब रुपैयाँ बराबरको व्यापार गरेका छन्।

नेपाल बीमा प्राधिकरणको तथ्यांक अनुसार देशमा सञ्चालित १४ वटा निर्जीवन बीमा कम्पनी र ४ वटा लघु निर्जीवन बीमा कम्पनीले उक्त अवधिमा कुल १९ अर्ब ९८ करोड ५६ लाख रुपैयाँबराबरको व्यापार गरेका हुन्। अघिल्लो आर्थिक वर्ष २०८१/८२ को सोही अवधिमा यी कम्पनीहरूको व्यापार १७ अर्ब ५१ करोड ६६ लाख रुपैयाँ रहेको थियो। यस आधारमा चालु वर्षमा निर्जीवन बीमाको व्यापार १४.१० प्रतिशतले वृद्धि भएको देखिन्छ।

प्रदेशगत रूपमा हेर्दा सबैभन्दा धेरै बीमाशुल्क बागमती प्रदेशबाट संकलन भएको छ। यस प्रदेशबाट मात्रै १३ अर्ब ६२ करोड ५४ लाख रुपैयाँ बराबरको व्यापार भएको छ। जुन अघिल्लो वर्षको सोही अवधिको तुलनामा १७.१९ प्रतिशतले बढी हो। कुल व्यापारमा बागमती प्रदेशको हिस्सा ६८.१८ प्रतिशत रहेको छ। दोस्रो स्थानमा लुम्बिनी प्रदेश परेको छ। यहाँबाट निर्जीवन बीमकहरूले १ अर्ब ७१ करोड ९९ लाख रुपैयाँ बीमाशुल्क उठाएका छन्। जसले कुल व्यापारको ८.६१ प्रतिशत हिस्सा ओगटेको छ।

त्यसैगरी कोशी प्रदेशबाट १ अर्ब ६६ करोड ९ लाख रुपैयाँ बीमाशुल्क संकलन भएको छ। जुन कुल व्यापारको ८.३१ प्रतिशत हो।

चालु आर्थिक वर्षको मंसिरसम्म मधेश प्रदेशबाट १ अर्ब ३१ करोड २५ लाख रुपैयाँ, गण्डकी प्रदेशबाट १ अर्ब ५५ लाख रुपैयाँ, सुदूरपश्चिम प्रदेशबाट ४७ करोड ५० लाख रुपैयाँ र कर्णाली प्रदेशबाट १८ करोड ६१ लाख रुपैयाँ बराबरको बीमाशुल्क संकलन भएको छ। कुल व्यापारमा मधेशको ६.५७ प्रतिशत, गण्डकीको ५.०३ प्रतिशत, सुदूरपश्चिमको २.६८ प्रतिशत र कर्णालीको ०.९३ प्रतिशत हिस्सा रहेको छ।

 

 

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Whatsapp Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको